April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
दाङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना : आमाको मृत्यु दाजु बहिनी घाइते

दाङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना : आमाको मृत्यु दाजु बहिनी घाइते

२६ चैत दाङ ।
दाङमा आफ्नै छोराले चलाएको मोटरसाइकल दुर्घटना हुदा आमाको मृत्यु भएको छ।

घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका – ८ बनगाउँमा सनिवार बेलुका पौने ९ बजे दुर्घटनामा परेको थियो।

मोटरसाइकलमा ३ जना सवार थिए। जुन एकै घरका हुन। मोटरसाइकलमा आमा र दुई दाजु बहिनी थिए।
छोराले चलाइ रहेको मोटरसाइकलको बिचमा बहिनी र पछाडि आमा सवार थिइन ।

दुर्घटनामापरी घाइते भएकी घोराही उपमहानगरपालिका – १७ गुलरियाकी ३४ वर्षीया आमा प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार राती सवा ९ बजेतिर मृत्यु भएको र चालक दाजु र पछाडि बसेकी बहिनी भने घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा मृतकका १९ वर्षीय छोरा रोहन हमाल र १६ वर्षीया छोरी सविना हमाल रहेका छ्न।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दाजु बहिनीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज