May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

जेठ १३, दाङ ।
दाङमा मिनी ट्रकको ठक्करबाट बाइक चालकको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका १० गुर्जेखोला नजिकै रा १ क ४३७३ नम्बरको मिनी ट्रकले रा १ प १५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घोराही १८ का २४ वर्षीय भागकुमार पुनको मृत्यु भएको छ ।

बिहीबार बेलुकातिर मिनी ट्रकको ठक्करबाट बाइक अनियन्त्रित भइ नारायणपुरबाट घोराही आउँदै गरेको रा १ क १०१९ नम्बरको स्कूलको बसमा ठोकिन गइ गम्भीर घाइते भएका बाइक चालक पुनलाई उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।

मिनी ट्रक, बाइक र स्कूल बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ।

तस्वीर:- फाइल फोटो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज