February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पौष ०६, रुपन्देही ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज