September 24, 2026, Thursday
२०८३ आश्विन ९, शुक्रबार
यी हुन बागचौर नगरपालिकाका नगर प्रमुख देखि वडाध्यक्ष सम्मका एमाले उम्मेदवारहरु

यी हुन बागचौर नगरपालिकाका नगर प्रमुख देखि वडाध्यक्ष सम्मका एमाले उम्मेदवारहरु

१२ बैशाख , सल्यान ।
सल्यानको बागचौरमा नेकपा एमालेले आफ्नो मनोनयन दर्तासँगै उम्मेदवारी घोषणा गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि बागचौर नगरपालिकाको नगर प्रमुख, उप-प्रमुख सहित १२ वटै वडाको वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदवारी दर्ता घोषणा गरेको छ ।

बागचाैर नगरपालिकामा एमालेकाे तर्फबाट नगर प्रमुख तिलक मल्ल उप प्रमुख भक्त कुमारी बिएम केसीको उम्मेदवारी दर्ता भएको छ।

एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियोे । तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ललाई हस्तान्तरण गरेका थिए । मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

साथै नगरपालिकाले बागचौर नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षको पनि उम्मेदवारी दर्ता गरिएको छ।
जस अन्तर्गत

वडा नं. १ शाेभाराम बस्नेत

वडा नं. २ धर्म राज डाँगी

वडा नं. ३ बल बहादुर भण्डारी

वडा नं. ४ तिलक वली

वडा नं. ५ प्रेम चन्द

वडा नं. ६ चन्द्र प्रकाश वली ( सिपि )

वडा नं ७ नेब बहादुर वली

वडा नं ८ बिर्जन बि.क.

वडा नं. ९ यज्ञ बहादुर डाँगी

वडा नं १० ज्ञान प्रशाद शर्मा

वडा नं ११ रेशम वली र वडा नं १२ मा रतिराम वलीको
उम्मेदवारी दर्ता भएको छ।