February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा विष सेवन गरि एक बालकको मृत्यु

सल्यानमा विष सेवन गरि एक बालकको मृत्यु

बैशाख २४, सल्यान ।

सल्यानमा विष सेवन गर्दा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बगचौर नगरपालिका – ४ लौराबाङका १२ बर्षीय रबिन पुनको विषादी सेवनबाट मृत्यु भएको हो ।

पुनको शनिबार बिहान १५ बर्षीय दाइ दर्शन पुन संग आफ्नै बारी खन्ने क्रममा सामान्य वाद विवाद भएको थियो । विवाद हुदा घरमा आई नुभान नामक बिषादी सेवन गरी ट्वाईलेटमा बेहोस भई पल्टेको अबस्थामा उनलाइ आमाले फेला पारेकी थिइन ।

बेहोस अवस्थामा भेटिएका हुनलाइ उपचारको लागी बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगंज बांके रिफर गरिएको थियो ।

उनको उपचारका क्रममा आइतबार बिहान भेरी अस्पताल नेपालगंज बांकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज