आर्थिक सहयोग र खाद्यान्न वितरण
योगमाया रेउले
सल्यान, २६ जेठ । जागौ नेपाल प्रवासले ‘‘आफु पनि बचौँ,अरु लाई बचाऔँ,पुन्य कमाऔ’’ भन्ने उद्देश्यका साथ चालेको मानवीय कार्य अन्र्तगत सल्यान जिल्लाका विभिन्न ठाउँमा आर्थिक सहयोग र खाद्यान्न वितरण गरिएको छ ।
जिल्लाको शारदा नगरपालिका र कालिमाटी गाउपालिका भित्रका न्युन आय भएका र आगलागी पिडित घरपरिवार लाई खाद्यान्न सामाग्री तथा आर्थिक सहयोग जागौ नेपाल कर्णाली प्रदेशले वितरण गरेको छ ।
कालिमाटी गाउपालिका वडा नम्बर १ लक्ष्मीपुरका आगलागी पीडित र शारदा नगरपालिकाका न्युन आय भएका घरपरिवार लाई खाद्यान्न सामाग्री वितरण गरिएको कर्णाली प्रदेश संयोजक मेघा कुमारी रेउलेले जानकारी दिनु भयो ।शारदा नगरपालिका १० नयाँ गाउँका जङबिर चलाउने भारत कमाउन गएको समयमा दुबै खुट्टा घुमाएका थिए ।
घर खर्च चलाउन कठिन अबस्था भएका चलाउने लाई आर्थिक सहयोग प्रदान गरिएको जागौ नेपाल सल्यान जिल्ला अध्यक्ष अशोक रेउलेले जानकारी दिनु भयो । प्रति घरपरिवार २ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको सल्लाहकार तिलक खत्रीले जानकारी दिनु भएको छ ।
प्रतिकृया दिनुहोस्