सल्यानको एक स्कुलमा कार्यकर्ता भर्ती गर्न खोज्दा दुई वर्षसम्म शिक्षक पदपूर्ति भएन
माघ १४ सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ मा रहेको जय नेपाल आधारभुत विद्यालयमा २ बर्ष सम्म मुख्य २ विषयका शिक्षकको पदपूर्ति हुन सकेको छैन ।
मुख्य विषय अंग्रेजि र गणित शिक्षकको पदपूर्ति हुन नसक्नुको कारण राजनीति दवाव रहेको छ । राजनीतिक दवावका कारण विद्यालय व्यवस्थापन समितिले विज्ञापन खाेल्न सकिरहेको छैन ।
अंग्रेजी र गणित विषयलाई समाजिक वा नेपाली वनाउन खोज्दा समस्या भएको हो । उक्त विषयमा गणित तर्फ भरत रावत र अंग्रेजी शिक्षक देविलाल परियार स्थायी भइ अन्यत्र गए पछि राहत कोटा खालि भएको थियो ।
विद्यार्थी दुवै विषय नपढी परिक्षा दिने गरेको भन्दै स्थानीय अभिभावक दुःख प्रकट गरेका छन । स्थानीय महिला नेतृ उषा रानाका अनुसार विद्यालयको मुख्य विषय फेरवदल गर्न खाेज्दा र अाफ्ना कार्यकर्ता भर्ती केन्द्र वनाउन खाेज्दा यहाँको पढाइ अस्तव्यस्त वनेकाे छ ।
स्थानीय जनप्रतिनिधि, विद्यालय प्रशासन देखि स्थानीय राजनीतिक अगुवाहरु नै मुख्य दाेषि रहेको उनको भनाइ छ । निति विधि र मुख्य विषय परिवर्तन गरि साधारण विषय भएमा विद्यालय नवन्ने अन्य स्थानीय अभिभावकको भनाइ छ ।
राजनीतिक स्वार्थ र अाफ्ना मान्छे राख्न खाेज्दा संस्थालाई धरासयि नवाउन पटकपटक अभिभावकले चेतावनी दिदा समेत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्न मानिरहेकाे छैन् । विद्यालयकाे जटिल समस्या प्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल राना र प्रधानाध्याक चन्द्र रावत पनि राजनीतिक दवावमा रहेको देखिन्छ ।
स्वतन्त्रपुर्वक विद्यालयलाइ निर्णय गर्ने अधिकारमा वाह्य राजनीतिको हस्तक्षेप देखिन्छ । नगर शिक्षा शाखाले पनि यस्तो कुरामा व्यवास्था देखाउने गरेको छ । शिक्षाकाे पठनपाठन सुधारका कुरामा नगर शिक्षा शाखा वेखवर वनेकाे छ । वर्सौ देखि रिक्त दरवन्दिमा शिक्षक पदपूर्ति गरि पठन पाठन अघि वढाउन निर्देशन दिने निकाय समेत राजनीति छायामा परेको छ । स्वतन्त्रपुर्व क अाफ्नाे निर्देशन लागू गर्ने कुरा बनगाड कुपिण्डे नगर शिक्षा शाखा समेत निरहि वनेकाे छ। शिक्षाका सवालमा शाखाको प्रगति तेति उत्साहजनक देखिन्न ।
यस्ता कुरामा तत्काल ताकेता दिनुपर्ने शाखाको काम कर्तव्य हो तर तेसाे हुन नसकेको पाइन्छ । दुई/दुई वर्षसम्म मुख्य विषयका शिक्षक नहुदा ती वालवालिकाकाे पढाइ के भयाे हाेला । के पढछन् हाेला । यस्तो सम्वेदशिल कुरामा चासो नदिनु भनेकाे सम्बन्धि निकाय पुरै असफल भएको सन्देश सुन्न सकिन्छ ।
जय नेपाल निमावि जस्तै बन्गाडका अाधा दर्जन विद्यालयमा राहत काेटा खालिका खालि छन् । शिक्षक अभावमै यहाँका प्रस्तावित अाधारभुत विद्यालयहरु १-५ झर्दैछ्न । धेरैले निजिमा राखेका शिक्षकहरुकाे तलव दिन नसक्दा संकट थपिएको छ भने जय नेपाल निमाविले दरवन्दि हुदाहुदै पनि शिक्षक पदपूर्ति गर्न सकिरहेको छैन । विज्ञापन खाेल्नका लागि धेरै पटक बैठक वस्याे तर निर्णय हुन सक्दैन ।
स्रोत : दुर्गा बिसी, अनलाइन तहल्का
प्रतिकृया दिनुहोस्