August 18, 2026, Tuesday
२०८३ भाद्र २, मंगलवार
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान, २४ पौष 

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका- १ भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानीनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका– १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनुभयो ।भालुमारेबाट कम्पोस्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज