September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
छत्रेश्वरीमा नयाँ गौशाला भवन उद्घाटन : वडा नं ३ मा रहेको गौशालाको पनि अनुगमन गरिने

छत्रेश्वरीमा नयाँ गौशाला भवन उद्घाटन : वडा नं ३ मा रहेको गौशालाको पनि अनुगमन गरिने

बैशाख ०४, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका ६ भोटेचौर नजिकै भुवनेश्वरी सामुदायिक बनको छेउमा नयाँ गौशाला भवन स्थापना भई आज विधिवतरुपमा उद्घाटन भएको छ । भोटेचौर गाई व्यवस्थापन समितिको पहलमा उक्त कार्य सम्पन्न भएको छ ।

समितिको आयोजना र अध्यक्ष रेशम बहादुुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि गाउँपालिका अध्यक्ष ओज बहादुुर बुुढाथोकी, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बुुद्ध कुमारी केसी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष टिकाराम बुुढा, छत्रेश्वरी शक्तिपिठ (तल्लो मन्दिर) का सन्त महाराज, सव डिभिजन कार्यालय, भोटेचौरका प्रतिनिधि देव बहादुुर केसी, सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ सल्यानका स्थायी कमिटि सदस्य तथा सञ्चारकर्मी गोविन्द शर्मा, भुवनेश्वरी बन समूूहका पदाधिकारी तथा उपभोक्ताहरु, आमा समूूहका पदाधिकारीहरु, जिल्ला लोकदोहोरी तथा सांस्कृतिक समूूहका पदाधिकारीहरु लगायत स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

विगत ३ वर्षयता छाडा गाईले समस्या निम्त्याएको, बस्तीमा पसेर बालिनाली नोक्सान पारेको, फलफूूल र तरकारीखेतीमा नोक्सान पुुर्याएको भन्दै स्थानीयबासीहरु यसको समाधानको प्रयाशमा जुुटेको भोटेचौर गाई व्यवस्थापन समितिका अध्यक्ष खड्काले जानकारी दिनुुभयो ।

पछिल्लोपटक २०७९ कार्तिक २५ गते वडाध्यक्ष टिकाराम बुुढा समेतको उपस्थितिमा भएको भेलाले उक्त समिति निर्माण गरेको र समितिको पहलमा २ महिनामा नै एउटा भवन निर्माण गरेको अध्यक्ष खड्काको भनाई छ । भवन निर्माणका लागि गाउँपालिकाले दुुई लाख ७० हजार सहयोग गरेको, ६०० मिटर पाईब उपलब्ध गराएको र भवन निर्माण स्थलमा जमिनको सतह मिलाउनका लागि २०/२२ घण्टा पालिकाबाटै डोजर लगाई सहयोग गरेको बताईएको छ ।

त्यस्तै स्थानीय समुदाय तथा समितिका पदाधिकारीहरु समेतले चन्दा सहयोग स्वरुप थप ६७,३८०।– उठाएको उहाँले जानकारी दिनुुभयो । छाडा गाई व्यवस्थापनले स्थानीय सवैलाई लाभ हुने बताउदै गाई व्यवस्थापनका लागि भुवनेश्वरी सामुदायिक वनक्षेत्रमा गौशाला निर्माणको स्वीकृति दिएको समूूहका अध्यक्ष नागेश्वर ओलिले लानकारी दिनुुभयो ।

हाल गौशालामा १९ वटा ठूूला गाई र २ वटा साना बाच्छा, बाच्छी रहेका छन् । गाई व्यवस्थापन समितिका कोषाध्यक्ष हेमराज देवकोटाले दिएको जानकारी अनुसार हालसम्मको आम्दानी (नगद मात्र) तीन लाख २२ हजार ७१२ छ भने खर्च दुुई लाख ६५ हजार ७२० भएको छ । हाल बचतकोषमा जम्मा ५६,९९२। रहेको छ । उक्त बचतमध्ये गाई हेरालोको रुपमा एक जना महिला कामदार (खलि राना) राखिएको र उनको पारिश्रमिक प्रति महिना १० हजारको दरले चैत्रदेखि आषाढसम्म ४० हजार खर्च हुने बताउनुुभयो ।

त्यसबाहेक आवश्यकता अनुुसार दाना, घाँस लगायत अन्य व्यवस्थापनमा खर्च हुने उहाँले जानकारी दिनुुभयो । तर हालसम्म एउटा गोठ मात्र निर्माण भएकोले थप संरचना आवश्यक भईरहेको समितिले जानकारी गराएको छ । बाहिर बाँधेर राख्न, घाँसपात राख्न, दाना तथा भुुस राख्न एउटा अलग्गै टहरोको आवश्यकता भैसकेको भन्दै यसका लागि सरोकार वाला निकायहरुले ध्यान दिन र आवश्यक सहयोग गर्न उहाँले अनुुरोध गर्नुुभयो ।

शुुभकामना मन्तव्यको क्रममा गोविन्द शर्माबाट विश्वहिन्दुु महासंघले देशभरका गौशाला, साधुुसन्त र धार्मिक संरचनाको तथ्यांक र गतिविधिबारे जानकारी लिईरहेको बताउदै उचित व्यवस्थापनमा सवैपक्ष लाग्न अनुरोध गरिएको छ । त्यस्तै शुुभकामना मन्तव्य राख्दै सव डिभिजन कार्यालयका प्रतिनिधि देव बहादुुर केसीले गाई संरक्षण र व्यवस्थापनको यो कार्य अत्यन्तै राम्रो भएको भन्दै सवैले सक्दो सहयोग गर्नुुपर्ने बताउनुुभयो । त्यसैगरी अत्यन्तै कम लागतमा यति ठूूलो कार्य गरेको भन्दै उहाँले कार्यसमिति र स्थानीय समुदायको प्रशंशा गर्नुुभयो ।

उहाँले सामुदायिक वन समूूह, डिभिजन बन, पशुुसेवा कार्यालय लगायत स्थानीय सवैले जे जती सकिन्छ, सहयोग गर्नुुपर्ने र यसबाट सवैको हित र पुुण्य हुने बताउनुुभयो । त्यस्तै सन्त गुुरु महाराज हिरेश गिरीले गाईको शास्त्रिय महत्व बताउदै गौशाला नजिकै एउटा सानै भएपनि कृष्णभगवानको मन्दिर बनाउनुुुपर्ने बताउनुुभयो । वडाध्यक्ष टिकाराम बुुढाले गाई व्यवस्थापले गाई संरक्षण एकातिर हुने र खेतीबाली संरक्षण अर्कोतिर हुने भएकोले यसमा सवै लाग्नुुपर्ने बताउनुुभयो । वडा तथा पालिकास्तरबाट हुुन सक्ने सहयोगका लागि आफूूले सक्दो पहल गर्ने पनि जानकारि दिनुुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बुुद्धा कुुमारी केसीले छाडा गाईको कारण यसअघि समुदायले भोग्दै आएको समस्या अब हल हुने बताउनुुभयो । पालिकास्तरमा यो समेत गरी दुुइवटा गौशाला स्थापना भएको बताउदै दुुईवटै गौशालाको व्यवस्थापनमा पालिकास्तरबाट सक्दो सहयोग रहने र आवश्यकता बमोजिम अन्य माथिल्लो निकायमा पनि पहल गरिने जानकारी दिनुुभयो । वडा नं. ३ , वडाचौरमा रहेको गौशालामा गाईको लागि पिउने पानीको अभाव भएको र गाईहरु पानिकै अभावमा मर्न थालेको खवर भर्खरै मात्र सुुनेकोले त्यसबारेमा भोलि नै प्रत्यक्षरुपमा अनुुगमन गर्न जाने तयारी रहेको बताउनुुभयो ।

त्यस्तै प्रमुख अतिथि एबम् गाउँपालिका अध्यक्ष ओज बहादुुर बुुढाथोकीले छाडा गाई व्यवस्थापनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने जानकारी दिनुुभयो । पालिकाको सीमित बजेट हुने भएकोले एकैपटक धेरै रकम विनियोजन हुन नसकेपनि क्रमशः सहयोग गर्दै जाने बताउनुुभयो । गाई राष्ट्रिय जनावर पनि रहेको र हामी सवै हिन्दुुहरुका जन्मदेखि मृत्युुपर्यन्तका विभिन्न देव कार्य र पितृकार्यमा पवित्र मानिने भएकोले गाईको उचित संरक्षण र व्यवस्थापनमा सवैको सहयोग हुनुुपर्ने बताउनुुभयो ।

हिन्दुु धार्मिक मान्यता अनुुसार दुुधका साथै गहुत र गोवर समेतको अत्यन्तै महत्व हुने भएकोले सवैले आ–आफ्नो क्षमता अनुसार गाईको संरक्षणका लागि जे सकिन्छ, सहयोग गर्नुुपर्छ भन्नुुभयो । गाईको संरक्षण र व्यवस्थापनका लागि जुन जुन निकायहरुबाट सहयोग पाउन सकिन्छ, ती सवै निकायहरुमा आवश्यक पहल गर्ने र गर्नुपर्ने उहाँले पालिका अध्यक्ष बुुढाथोकीले बताउनुुभयो ।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष खड्काले गौशाला खोल्नु रहर नभै बाद्यता भएको बताउनुुभयो । आफ्नो बालिनाली, फलफूूल र तरकारी जोगाउनुु नै पहिलो उदेश्य भएको उहाँको भनाई छ । अन्यत्र गाईलाई लखेटेर, नदीमा बगाएर, विष सेवन गराएर समेत गराएर मारेको वा विभिन्न पीडादायी किसिमले व्यवस्थापन गरेका खवरहरु सुनेको भएपनि हाम्रो धर्मका कारण समेत त्यसप्रकारको गतिविधि गर्न नसकिएको उहाँको भनाई छ । बरु गाइको उचित व्यवस्थापनबाट धर्म पनि हुने, व्यबसायिक बनाउन सके थप लाभ समेत लिन सकिने र हाम्रो बालिनाली पनि जोगिने उहाँको भनाई रहेको छ । तर कुुनै अन्य निकायहरुको सहयोगविना अन्यत्रबाट जथाभाविरुपमा गाई ल्याएर छोड्न भने नमिल्ने उहाँले बताउनुुभयो । बासस्थानकै राम्रो व्यवस्थापन नभैसकेको, सीमित श्रोत साधन रहेको, जनशक्ति पर्याप्त नभएको, घाँस तथा दानाको उचित व्यवस्थापन गर्न कठिनाई हुने जस्ता विविध कारणले अहिलेकै अवस्थामा धेरै गाई राख्न नसकिने उहाँको भनाई छ ।

कार्यक्रममा गाई व्यवस्थापन समिति सचिव शुुशिला बुुढाथोकी पुनले स्वागत मन्तव्य राख्नुुभएको थियो र कार्यक्रमको सञ्चालन गाउँपालिकामा कार्यरत कर्मचारी अमर थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला लोकदोहोरी प्रतिष्ठानका कलाकारहरुको प्रस्तुुती थियो भने स्थानीय स्तरमा प्रचलित सोरठी नाचसमेत प्रस्तुुत गरिएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज