April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
सल्यानमा स्कर्पियो गाडी दुर्घटना : चालक सहित ३ जना घाइते

सल्यानमा स्कर्पियो गाडी दुर्घटना : चालक सहित ३ जना घाइते

पौष २७, सल्यान । सल्यानमा स्कर्पियो गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका २ बागचौरबाट थारमारे जाँदै गरेको लु ३ च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७:३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते हुनेमा बागचौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी र वडा नं ९ कुइयापानीका २४ वर्षीय प्रभाकर ओली रहेका छन् ।

घाइते सबैको अहिले स्थानीय जनप्रिय पोलिक्लिनिक बागचौर उपचार भइरहेको छ ।

स्थानीयहरूका अनुसार स्कर्पियो अनियन्त्रित भएर भित्तामा ठोक्किँदा सडकमै दुर्घटनामा परेको थियो । घाएतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज