April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
शिवरात्री विशेष कविता – विमर्श प्रधान

शिवरात्री विशेष कविता – विमर्श प्रधान

ब्रह्माण्डको रक्षाको निम्ती
खटिन्छ जो अहोरात्री
उनै देवका देव महादेवको लागी
मनाउदैछौ यो शिवरात्रि
नन्दी माता बाहिर राखेर
भित्र ठुमुक्क बसेका
गलामा नाग राखी जटाबाट गंगा बगाउदै
ज्यू ज्यान निधारमा खरानी धसेका
पिसाचहरूलाई अस्त ब्यस्त राख्न
समुन्द्र मन्थन गरेका
सारा संसार बचाउन आफूलाई बिष भांग
धतुरो सप्पै सप्पैले भरेका
बाघको छाला ओडेर नागको माला बेरेर
आफूलाई सजाउदै
डम् डम् डम् डम् डम् डम् डम् डम्
डमरू को धुन बजाउदै
हिमाल कैलाश पर्वतमा बसेका छन् ध्यान
बाड्दै सारा संसारलाई दिव्य ज्ञान
कोटी कोटी प्रणाम गर्दै
देवोका देव महादेवमा गर्दछु आरधना
सप्पै सप्पै लोकमा                                                        महाशिवरात्रिको मंगलमय शुभकामना ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज