कविता : कलीयुगका एकलव्य – विमर्श प्रधान
कलियुगका एकलव्य
दुनियाँ तन्त्र मन्त्रमा अल्झीएर बल्झीएर,
कथित काडेतारमा बाधेर राखीएको
स्वघोषित भाग्यको भकारी खोस्दै
सो-कल्ड द्रोणाचार्य गुरुहरुको मुखार बिन्दुबाट
तमाम बन्धनबाट मुक्त भएको घोषणा सुनेसङै
छातीको सुरुङ भित्र
मुड्की जत्रै एक डल्लो हृदय बोकेर
अपरिचित मालीकले लाह: छाप लगाई दिएको
हरियो कागतमा ‘राहदानी’ कोरिएको खाम बोकेर
टिलपिलाउने चिम्सो आँखाभरी,
अतितका धरमराउदो श्याम-स्वेत फ्ल्यास ब्याकलाई
कुनामा पन्छाउदै,
भगवान पुज्ने फुलको थुङ्गाको
एकसरो माला घाटीमा बेरेर,
सो-कल्ड द्रोणाचार्य नाम गरेका यी शासक गुरुहरुलाई
रेमीट्यान्सबाट गुरु दक्षिणा चढाउन
तमाम एकलब्यहरु।
पाँच औला फिजाएर हात हल्लाउदै,
बिदाईको आशीर्वाद लिएर,
पुष्पक बिमान तीर लम्कदै
जीन्दगीको लड़ाई लड्न
कुरुक्षेत्रमा टेक्न आतुर देखीन्छन्।
– विमर्श प्रधान (सल्यान)
#एकलव्य #कलियुग #विमर्श प्रधान #कविता
लेखकको सम्वन्धमा