विमर्श प्रधानका साहित्यक रचनाहरु
“स्वतन्त्रताको बिगुल”
बच्चा नरुदा सम्म त
आमाले दुध दिदैन
तिमी तिम्रो पोल्टामा
तिम्रो स्वतन्त्रता
अनी
तिम्रो बाच्ने अधिकार
खुरूक्क हालिदिन्छ
भनेर आश गर्छौ ।।
लढ्नुपर्छ,
सक्छौ टाउको चढ्न पर्छ।
कराउनु पर्छ.
सक्छौ दबाउनेलाई हराउनु पर्छ।
गजल
आस्तिकहरु ढुङ्गामै देउता देख्छन यहाँ ।
नास्तिकहरु देउतालाई नै ढुङ्गा देख्छन यहाँ ।
धन हुनेहरुलाई सबैको जय-जयकार छ यहाँ,
मन मात्र हुनेलाई समाजले नै बुङ्गा देख्छन यहाँ ।
घृणा गर्नेहरुकै बोलाबाला रहेको यो समाजमा
माया गर्नेहरु घृणा मै फुलको थुङ्गा देख्छन यहाँ ।
आस्तिकहरु ढुङामै पनि भग्वान देख्छन यहाँ,
नास्तिकहरु भग्वानलाई नि बेचिखाने मुङ्गा देख्छन यहाँ ।
- साहित्यकार उहाँ सल्यान निवासी हुनुहुन्छ।
लेखकको सम्वन्धमा