पृथ्वी जयन्ती विशेष एक कविता
कसैले लेखेर सम्झे कसैले बोलेर सम्झे
कसैले भाषणमा सम्झे कसैले आसनमा
कसैले चियाको चुस्की संगै सम्झे
कसैले चियर्स गर्दै सम्झे
म भन्छु कसैले फुर्ती नलाए हुन्छ
मैले सम्झिन भनेर
आखिर राष्ट्र निर्माता जो हुन्
बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई
सप्पै सप्पैले सम्झे…
अन्तमा…
लुकाएर लुक्दैन वीर सपुतका काम यहॉ
ल्याएर बगाउन जती पनि डलर दाम यहॉ
बिर्सेर पनी सम्झनै पर्ने सपुतको नाम यहॉ
जन्मियौ तीमी त्यही
जस्ले एकीकरण गर्यो तिम्रो गाम यहॉ
सुकाएर सुक्दैन सपुतको नाम यहॉ
जती चर्काएपनी बिदेशीको घाम यहॉ
मान नदिएर कस्ले बीर्सीन्छ र सपुतको नाम यहॉ
तिमी जन्मिएको माटोलाई
जस्ले दियों नेपाल भन्ने नाम यहॉ
जस्ले दियो नेपाल भन्ने नाम यहाँ….
प्रतिकृया दिनुहोस्