May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
स्कुल पढ्दा देखीको चिनजान रोजगारीको शिलशिलामा प्रेममा परिणत

स्कुल पढ्दा देखीको चिनजान रोजगारीको शिलशिलामा प्रेममा परिणत

मंसिर २२, सल्यान । अहिले मंसिर महिना अन्तिम-अन्तिम चरणमा छ । यो महिनालाई नेपाली समाजमा बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।

मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई “कहिले बिहे गर्ने ? यो मंसिर यत्तिकै जानू हुदैन है ।” भनेर बिहेका लागि सामाजिक दबाब पनि दिने चलन छ ।

यद्यपि हाम्रो समाजमा बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोने, ईन्टरनेट तथा सामाजिक संजालको माध्यम को प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।

यसै सन्दर्भमा प्रस्तुत छ – मंसिर, प्रेम र बिबाहले जिवनमा पार्ने प्रभावबारे नयाँ दृष्टि डटकमले नेपाल प्रेस युनियन सल्यान शाखाका अध्यक्ष रेशम डिसीसँग गरिएको रमाइलो कुराकानी ।

१) तपाईले विवाह कहिले गर्नु भयो ? मागी बिबाह गर्नु भएको हो कि प्रेम बिबाह ?

मैले बिवाह गरेको ५ बर्ष पुग्न लाग्यो । बिवाह गर्दा म ३० बर्ष पुरा भएको थिए ।

बास्तवमा मेरो विवाह प्रेम र मागी दुबै हो । हामी पहिले देखी नै प्रेममा थियौ । अनि दुबैले घरपरिवारको सल्लाह र सहमतीमा बिवाह गरेका हौ। विवाह कुन राम्रो भन्ने सन्दर्भमा यो आ आफनो बुझाईमा भरपर्ने कुरा हो, यो नै बिबाह राम्रो हो भन्ने कुरा कही कतै कानुनी प्राबधान छैन । त्यसैले यो आ आफनो बुझाइमा आउने बिश्लेषनको कुरा मात्रै हो । विवाह यो र उ भन्दा पनी विवाह पछीको सम्बन्ध महत्वपुर्ण हुन्छ ।

२) तपाईहरुको प्रेम सम्बन्ध कसरी सुरु भयो ?

हामी एउटै क्षेत्रको भएकोले पनि स्कुल पढ्दा देखी नै सामान्य चिनजान हुन स्वभाविक नै हो । बिस्तारै आ-आफनो क्याम्पसको पढाई सकेर रोजगारीको शिलशिलामा सल्यान सदरमुकाम खलंगामा बस्न सुरु गरेपछी हामीले एक अर्कालाई नजिक बाट बुझने प्रयास गरेका हौ जुन प्रेम हुदै विवाह सम्म पुग्यो ।

३) विवाहले तपाईको जिवनमा कस्तो प्रभाव पार्यो ? के विवाह ले ब्यक्तीत्व बिकास र प्रगती गर्न बाट रोक्छ ?

मान्छेको आ-आपनै लक्ष्य उद्देश्य हुन्छन । त्यही अनुसार मेहनत गर्दै अगाडी बढ्ने हो । विवाह गरेर प्रभाव पर्ने नपर्ने भन्दा पनी विवाह गर्ने कुरा पौरानीक रुपमा चल्दै आएको परम्परालाइ निरन्तरता दिदै आएको हो । विवाह दुई बिचको सम्झौता पनी हो, जसले गर्दा एक अर्कामा सल्लाह समन्वय अत्यन्तै महत्वपुर्ण हुन्छ । हामी विचमा पनि यो छ । जसले गर्दा दुबैलाई मद्यत पुगेको छ । विवाह पछि एकले अर्का बिच र उसको पेशा लाई बुझन सकेन भने केही समस्या आउन सक्छ । जसले उद्देश्य अनुरुपको काम नहुन सक्छ । यदी त्यसो होईन भने कुनै अबरोध हुन्छ जस्तो मलाई लाग्दैन अझ राम्रो हुनु पर्ने हो ।

४) तपाईको अनुभवमा विवाहित जिवन र अविवाहित जिवनमा के फरक पाउनु भयो ? के विवाहले मान्छेले परिपक्व र सामाजिक बनाउछ ?

यसमा मलाई के लाग्छ भने मान्छे वाल्याबस्था, किशोराबस्था,युवाबस्था, प्रौढ अबस्था हुदै बृदाबस्थामा पुग्ने हो । यी फरक फरक अबस्थामा उसमा फरक फरक मानसिक तथा शारिरिक परिवर्तनहरु आउछ र उसले समाजमा त्यही कुरा देखाउदै जान्छ र त्यही अनुरुप अनुकुलति पनि हुदै जान्छ ।

विवाह भन्ने कुरा परिपक्व भएपछी गर्ने कुरा हो । निश्चय रुपमा त्यो बेला मान्छेमा जिम्मेवारीहरु पनी बढ्दै जानु स्वभावीक कुरा हो र उ परिवार र समाजप्रती उत्तरदायी बन्दै जान्छ तर यो कुरा विवाह गरेपछि मात्रै हुन्छ भन्ने कुरामा मेरो सहमती छैन । यो त उमेर उसको ज्ञान शिक्षामा भर पर्ने कुरा हो । विवाह नभएर पनि यो देशमा महत्पुर्ण सामाजीक कार्य गरेका ब्यक्तीका उदाहरण पनि उत्तिकै छन नी । विवाह भनेको एउटा पारिवारिक सुन्दरता र रितिरिवाजको निरनतरता हो । यसको आफनै महत्व छ । यसरी बुझदा सजिलो होला ।

५) तपाईको विचारमा विवाह कहिले गर्ने ? विवाह गर्ने उपयुक्त उमेर कती हो ?

विवाह कहिले गर्ने भन्ने सन्दर्भमा यो देशको कानुनी मान्यता प्राप्त उमेर पछाडी आफुलाई पाएक पर्ने समयमा गर्दा ठिक हुन्छ । मतलब धेरै ढिलो गर्नु पनी उपयुक्त हुन्न । कस्तो विहे गर्ने सन्दर्भमा यही नै गर्नु पर्छ भन्ने छैन ।
पछिल्लो अबस्थामा प्रेम संगै मागी विवाह गर्ने प्रचलन बढदो छ ।

यसले परिवार र विबाहीत दम्पतीलाई बढी उत्तरदायी बनाउन मद्यत पुरयाउछ । र, एक अर्कालाई गहन रुपमा बुझने अबसर पनी दिन्छ । जसले गर्दा पछाडीको जिवन सहज हुन्छ । मेरो विचारमा विवाह गर्ने उपयुक्त उमेर २५ देखी ३० बर्ष हो जस्तो लाग्छ ।

वावबिबाह गर्नु हुदैन, यसको थुप्रै बेफाइदाहरु छन । जुन शारिरिक, सामाजिक , शैक्षिक तथा आर्थिक अबस्था संग जोडिएर आउछन जसमा सकारात्मक भन्दा नकारात्मक प्रभाव धेरै हुने सम्भावना हन्छ ।

यदी त्यसो होईन भने विवाह गर्ने उमेर पुगेका कतीले चाँडै गर्छन त कतीले अली लामो समय पछी गर्छन । यो ब्यक्तिको सामाजिक पारिवारिक र ब्यक्तिगत आचरणमा भर पर्ने कुरा हो । जुन ब्यक्ती अनुसार फरक पर्ने गर्दछ । छिटो विवाह गर्दैमा धेरै प्रगती हुने र अलीकती ढिलो गरेमा बिग्रीहाल्ने हुन्छ जस्तो मलाई लाग्दैन । आफु अब बैवाहीक जिवन बिताउछु भन्ने सोचाई आएमा गर्दा उपयुक्त होला ।

६) विवाह बन्धन होकी उर्जा ?

विवाह लाई बन्धनको रुपमा लिदै जाने हो भने यसको असर नकारात्मक पर्दै जान्छ । यसलाई यसरी पनी लिनु हुदैन । कसैलाई पनि बिबाह गर्न बाध्य पारिनु हुदैन, जो जबरजस्ती विवाह गैरकानुनी हुन जान्छ । विबाह एउटा रोजाई र सम्झौता हो । जसले एक अर्काको सहकार्य सहीत अगाडी बढ्ने प्रयत्न गराउछ । त्यसैले यसलाई उर्जाको रुपमा लिनुपर्छ जस्तो मलाई लाग्दछ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज