कुमाखमा पालिका अध्यक्ष र निमित्त प्रशासकीयको धम्किले पालिका आउन सकेनन् प्रमुख प्रशासकीय अधिकृत गौतम

कुमाखमा पालिका अध्यक्ष र निमित्त प्रशासकीयको धम्किले पालिका आउन सकेनन् प्रमुख प्रशासकीय अधिकृत गौतम

बैशाख १८ सल्यान

सल्यानको कुमाखमा गाउँपालिकामा राजनीति स्वार्थ खिचातानि तथा पालिका अध्यक्ष मान बहादुर बुढाथोकी
र निमित्त प्रमुख प्रशासकीयको धम्कीले मन्त्रालयले पठाइएका प्रमुख प्रशासकिय अधिकृत पालिका आउन नसकेका हुन ।
केही समय अघि मन्त्रालयमाले कुमाख गाउँपालिकामा पठाइएका प्रमुख प्रशासकीय अधिकृत समीर गौतमलाई पालिकाकै अध्यक्ष र निमित्त प्रमुख प्रशासकीयको धम्कीले पालिकामा उपस्थित हुन नसकेको गाउँपालिका उपाध्यक्ष लालबहादुर रावतले बताएका छ्न ।

उनले भनेका छन यस अघिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले अध्यक्षलाई नसोधेर किन घर गयो भन्ने निराधार आरोप लगायर आफैले ल्याएका हाकिम राजेन्द्र चन्दलाई कुनै जानकारी समेत नगराई पालिका अध्यक्ष मान बहादुर बुढाथोकी काठमाडौ गइ काङ्ग्रेस माओबादीका नेताहरु लगाई उनलाई हटाएइ मन्त्रालयबाटै सिधै हस्तक्षेप गरि कार्यपालिकालाई कुनै जानकारि नदिई आर्थिक अधिकार समेत पाउँने गरि छबिलाल खडकालाई निमित्त बनार ल्याई सके पश्चात् फेरि मन्त्रालयबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृत मोहन गिरि र शिक्षा अधिकृत बि नि दिलिप सोनि समेतलाई पनि पालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय छविलाल खडकाले आउन नदिएको समेत उपाध्यक्ष लालबहादुर रावतले बताउनुभएको छ।

स्वास्थ्य मन्त्रालयबाट पटकपटक फिर्ता बोलाइएका महामहिम १ जना सुस्वा भन्ने संस्थाको राज कुमारलाई २ दिन सम्म भेट नदिई पुनः मिति २०८०/०५/३० गतेका दिन सुस्वाको सर्ट लिस्ट गर्ने बेला पालिका अध्यक्षले मैले पढे,लेखेको छैन तर मकसद पूरा हुनु पर्छ,सहमती सहकार्य अनुसार माओबादी पार्टी अध्यक्षसँग बसे पछि मात्रै कुरा हुन्छ भन्ने पालिका अध्यक्ष महामहिमको मस्तिष्क मन्थन गराउन सफल निमित्त छबिलाल खडकाले केही नाता जोडि उनकै राय सल्लाह अनुरुप कार्यालयमै कहिले गाउँपालिका नजिकै बोलाई करिब २/३ घन्टा बसि निहित स्वार्थ पूरा गर्न माहिर आफुलाई महाअध्यक्ष ठान्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत छबिलाल खडका भन्नेको राय सल्लाह योजना अनुसार पालिका अध्यक्ष चलेको उनको जिकिर छ ।

कुमाखमा जनतालाइ कसरी बिकास निकास दिन सकिन्छ भन्ने भन्दा पनि अमुक ब्यक्तिले कसरी ७०/८० लाख पाउन सके अन्य अध्यक्षहरुले कुनै कार्यक्रममा जाँदा के कसरी १ लाख भन्दा बढी खर्च गर्न पाएका छ्न त्यो कसरी हुन्छ हामिले नि पाउने भन्ने ध्याउन्नमा रहेका ब्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने पालिका अध्यक्ष मान बहादुर बुढाथोकी ठेकेदार रहेको आरोप लगाउदै गर्दै उनी निरङ्कुश सामन्ती भएको बताउदै उनले जनस्तरबाट सामाजिक संन्जालमा आएका कमेन्ट गर्नेहरुका विरुद्ध मुद्दा लगाउन धम्की दिने गरेको बताएका छन ।
मन्त्रालय बाट पठाइएका समीर गौतमलाई निर्णय भएकै दिन देखि धम्कीपुर्ण दबाब दिई हाजिर हुन नदियको कुरा प्रस्ट रहेको बताउदै पालिका अध्यक्ष र निमित्तको नियत घाम जतिकै छर्लङ्ग भएकोले अझ यिनिहरुमा कुमाखमा ब्रहमलुट मचाउन पाईने भयो भन्ने कुराको उन्माद चढ्न सक्छ यसमा हरेक नागरिक सचेत रहन र कुमाख बासीहरुले यथार्त र बास्तबिकता बुझी खबरदारि गर्न अपिल गरेका ।

उनले नयाँ दृष्टि अनलाइन खबर सँगको कुराकानीमा यो अति भएपछि व्यक्त गरेको टेलर मात्रै भएको बताउदै अझै प्रमाण सहित सबै कुरा बाहिर ल्याउन प्रेसमिट गरेर जानकारी दिने बताएका छन।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज