रुकुम चौरजहारिमा मलामी गएका एक ब्यक्ति भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता

रुकुम चौरजहारिमा मलामी गएका एक ब्यक्ति भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता

बैशाख १२ रुकुम पश्चिम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ रानिसागरमा मलामी गएका एक ब्यक्ति नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन ।
चौरजहारी नगरपालिका -९ निवासी ६१ बर्षिय नारायण खड्का भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले बताउनु भएको छ।

खड्का डुबेर बेपत्ता भएको सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ गएर खोज तलासको कार्य भईरहेको बताईएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज