मंसिर, बिबाह परम्परा र ज्योतिष विज्ञान : बिबाहको लागि कुन महिना उपयुक्त ?
मंसिर ०६ , सल्यान । नेपाली पात्रोमा जब मंसिर महिना नजिकिन थाल्छ तव बिबाहको लागी योग्य भएका युवा युवतीहरू लाई विभिन्न किसमले छेडहान्ने, जिस्काउने र बिबाहको लागि दबाब दिनेहरू परम्परा छ ।
चिया गफ, भेला, जमघटहरूमा पनि मंसिरको प्रसंग छुट्दैन । अहिले त सामाजिक संजाल पनि अनेकौं ट्रोल देख्न पाइन्छ । हाम्रो संस्कार, परम्परा र समाजमा पनि बिशेशगरि मंसिर महिनालाई बिबाहको महिना पनि भनिन्छ । प्राय : बिबाहको लागी धेरै शुभ लगनहरू हुने भएकाले बिबाहको लागि मंसिर महिना प्रसिद्ध रहेको छ ।
बिबाह र मंसिर शब्द पर्यावाची जस्तै लाग्न थालेका छन । प्रायः बिवाहका लागि उमेर पुगेका युवा त युुवतीहरुको सोचाई हुन्छ – “यो मंसिरमा बिबाह गर्छु ।” तर बिबाहको लागी सर्वाधिक चर्चामा रहेको मंसिर महिना ज्योतिष शास्त्र अनुसार कत्तिको उपयुक्त हुन्छ त ?
बिबाह र ज्योतिष बिज्ञान सम्बन्धी यस्तै जिज्ञासा मेटाउन ज्योतिष डा. सुनिल सिटौला सँग साप्ताहिकले गरेको कुराकानीको लाई केही संपादन सहित प्रस्तुत गरेका छौँ ।
( डा. सुनिल सिटौला २०५२ सालदेखि ज्योतिष विधामा सक्रिय हुनुन्छ । २०५८ सालमा ग्लोबल एस्ट्रोलोजी रिसर्च सेन्टरको अध्यक्ष भएका डा. सिटौलाले विश्व ज्योतिष विद्यापीठबाट ज्योतिषविद्यामा मास्टर्स गर्नुभएको छ ।
अल्टरनेटिभ मेडिसि’नका ब्याचलर्स सिटौलालाई इन्डियन इन्स्टिच्युट अफ ओरिय;न्टल हेरिटेजले डाक्टरको उपाधि दिएको थियो । राशि र नक्षत्रसम्बन्धी जानकारी दिने जोखना एपसमेत बनाएका डा. सिटौलाले ०६२ सालदेखि रेडियो तथा टेलिभिजनमा ज्योतिष विधाका कार्यक्रमसमेत सञ्चालन गरिरहनु भएको छ।
डा. सिटौलाका ज्योतिष विज्ञान र हस्तरेखासम्बन्धी ५ वटा पुस्तक प्रकाशित छन् ।)
प्रस्तुत छ – ज्योतिष विज्ञानसम्बन्धी पत्रिकाको विगत १४ वर्षदेखि सम्पादनसमेत गरिरहेका सिटौलासँगको कुराकानीको ब्यक्त गरेको बिचारको संपादित आलेख ।
ज्योतिष विज्ञान र बिबाह:
ज्योतिष विज्ञानलाई संस्कृतमा सूर्यलगायतका ग्रहहरूको जानकारी राख्ने शास्त्र भनिएको छ । अमेरिका, युरोप तथा रूसका आ–आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रहरू छन् ।
त्यसभन्दा धेरै वर्षअघि भारत वर्षमा ज्योतिषीहरूले ग्रहको गणित गर्थे, ग्रहणको गणित गर्थे । यसको पहिलो नियम भनेको सूर्यलगायतका ग्रहहरूको अध्ययन गर्नु हो । ग्रहहरूका बारेमा व्याख्या गर्ने ज्योतिषलाई हामी फलित ज्योतिष भन्छौं ।
फलादेशहरू यही फलित ज्योतिषका आधारमा गरिन्छ । कुनै मानिसको जन्मपछि उसको विवाह कस्तो हुन्छ, उसको सन्तान कस्तो हुन्छ, विद्या कस्तो हुन्छ, मातापितासँगको सम्बन्ध कस्तो हुन्छ यावत् कुरा ज्योतिष विज्ञानमार्फत विश्लेषण गर्न सकिन्छ ।
त्यसमा एउटा विवाहको कुरा हो, विवाह शुभ हुन्छ कि हुँदैन वा एकभन्दा बढी विवाह हुन्छ कि भन्ने कुरा त्यो जन्मको साइतबाटै थाहा हुन्छ ।
ज्योतिष विज्ञानमा एउटा अवधारणलाई मुहूर्त ज्योतिष भनिन्छ । विवाह मुहूर्तको कुरा यही ज्योतिषअन्तर्गत पर्छ । शुभमुहूर्तमा विवाह गर्यो भने शुभ फल मिल्छ भनिन्छ ।
मुहूर्तको नियममा हाम्रो शास्त्रमा कुन महिना विवाह गर्दा के फल आउँछ, कुन तिथिमा विवाह गर्दा के फल प्राप्त हुन्छ, कुन नक्षत्रका दिन विवाह गर्दा कस्तो फल मिल्छ भन्ने फलादेश छ ।
यसैका आधारमा सबै कुरा मिलाएर हाम्रो सरकारी पात्रो निर्माण गरिएको हुन्छ । त्यहाँ यो–यो महिनामा यो–यो दिन विवाह जुर्छ भनेर उल्लेख गरिन्छ ।
बिबाहको लागि कुन महिना उपयुक्त ?
मंसिर महिना विवाहका लागि खासै राम्रो होइन । विवाहका लागि सबैभन्दा उपयुक्त माघ र फागुन हो । त्यसबाहेक असार, जेठ, वैशाख पनि उपयुक्त हुन्छन् । राशिअनुसार कुन महिनामा विवाह जुर्छ, कुन महिनामा जुर्दैन भन्ने पनि हुन्छ ।
बिबाहको लागि कुन राशिलाई कुन महिना उपयुक्त हुन्छ भन्नेपनी हुन्छ । धेरै मानिसले गलत राशि हेर्छन्, पहिलो कुरा राशि प्रमाणित हुनुपर्छ । मेष राशिका लागि साउन, मंसिर र चैत महिना विवाह, व्रतबन्ध केही पनि जुर्दैन ।
वृष राशि भएकाले भदौ, पुस र वैशाख महिनामा विवाह गर्न मिल्दैन । मिथुन राशि भएकाले असोज, माघ र जेठ महिना, कर्कट राशिले कात्तिक, फागुन र असारमा विवाह गर्न मिल्दैन ।
सिंह राशिलाई मंसिर, चैत र साउन तथा कन्या राशिलाई पुस, चैत र भदौ, तुलालाई माघ, जेठ र असोज, वृश्चिक राशिलाई फागुन, असार र कात्तिक महिनामा विवाह जुर्दैन् ।
धनुका लागि चैत, साउन र मंसिर, मकरका लागि वैशाख, भदौ र पुस, कुम्भका लागि जेठ, असोज र माघ तथा मीन राशिका लागि असार, कात्तिक र फागुन महिना उपयुक्त हुँदैनन् ।
त्यतिमात्र होइन, विवाहका लागि बृहस्पति ग्रह पनि जुराउनुपर्ने हुन्छ । बृहस्पति ग्रह १३ महिनामा एउटा राशिमा घुम्छ । बृहस्पति ग्रह जन्मदाको राशिबाट ४, ८, १२ मा पार्नु हुँदैन । त्यस्तो अवस्थामा विवाह गरियो भने त्यो विवाह दैविक र आध्यात्मिक हुँदैन भनिन्छ ।
प्रतिकृया दिनुहोस्