कस्ता युवतीहरू बढी लच्छिनका हुन्छन् ? यी ९ गुण बाट पहिचान गर्नुहोस
मंसिर ०६, सल्यान । भनिन्छ, नारीको साथ बिनाको पुरुषको जीवन अधुरो अपुरो हुन्छ । धर्मशास्त्रहरूमा पनि नारीलाई सधैं आदरणीय मानिएको छ ।
आमा, पत्नी, दिदीबहिनी छोरी वा चाहे अन्य कुनै पनि रुपमा होस पुरुषको जिवनमा नारीको अभुतपुर्व भुमिका रहेको हुन्छ ।
अशल नारीको साथ सहयोगले पुरुषको जिवनमा सुख र सफलता हासिल हुनसक्छ । तर सबै नारीहरू पनि स्वभाव र चरीत्रले अशल हुदैनन् ।
कस्ता युवतीहरू बढी लच्छिनका हुन्छन् ?
ज्योतिष डा. सुनिल सिटौला भन्छन – “त्यसका लागि हाम्रो भाषामा सामुद्रिक शास्त्र भन्ने छ, जसबाट शरीरको लक्षण हेरिन्छ ।”
उनी भन्छ्न – “शरीरको लक्षण हेर्दा दाँत उछिट्टिनु, फाट्नु गृहस्थ जीवनका लागि नकारात्मक मानिन्छ । हाँस्दा डिम्पल पर्नु हुँदैन, डिम्पल पर्ने व्यक्तिहरू व्यभिचारी हुन्छन् भनिन्छ । दाँत टम्म मिलेको हुनुपर्छ हत्केलाका औंला टम्म मिलेको हुनुपर्छ, हात छाम्दा कोमल हुनुपर्छ, यस्ता युवतीहरू सुन्दर हुन्छन्, सुकुमार हुन्छन् ।”
जन्मदाको समयमा लग्न कुण्डलीमा जसको बृहस्पति वा शुक्र केन्द्रमा बस्यो त्यस्ता केटीहरू लच्छिनका हुने उनको भनाइ छ ।
कस्ता युवाहरू बढी शक्तिशालीका हुन्छन् ?
त्यसैगरी उहाँका अनुसार नाक चुच्चो भएका युवा राजसी ठाँटबाटका हुन्छन् । निधार ठूलो तथा आयातकार भएको व्यक्तिमा राजसी गुण हुन्छ ।
हत्केला तथा बूढी औंला जति लामो भयो त्यो व्यक्ति त्यति नै बौद्धिक हुन्छ । हत्केलामा उध्र्व रेखाबीच हुँदै मध्यको औंलाको टुप्पोमा पुगेको छ भने त्यस्तो व्यक्ति ठूलै ठाउँमा पुग्छ उहाँको भनाई छ ।
मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी दिने सामुद्रीक शास्त्र अनुसार यस्ता गुण भएका युवतीहरू लच्छिनका हुन्छ्न ?
१. जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।
२. जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफुले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।
३. जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् ।
४. नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् ।
५. पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।
६. जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ ।
७. जुन कन्याको पैतालामा त्रिकोण को चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आफ्नो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् ।
८. नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन् ।
९. समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन्।
प्रतिकृया दिनुहोस्