June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
युवाहरु हाे, ‘अब विकल्प खोजौं’

युवाहरु हाे, ‘अब विकल्प खोजौं’

गणेश क्षेत्री ‘प्रभाकर’

युवाहरु नै अबका निर्णायक परिवर्तनकारी शक्ती हुन् । अहिले देश दलदलको भुमरिमा फसिरहेको बेला, अस्थिरताको दिशातिर बढिरहेको बेला अब सचेत र सजग युवा यसमा रुमलियर कुहिरोमा हराएको काग झै बस्ने बेला हाेइन ।

अब विकल्पकाे बाटो खोज्ने बेला भएकाे । युवाहरु हो हामी भ्रम र भिडमा नलागौ । किनभने भ्रम र भिडमा टिकेको साम्राज्य वा शासन व्यवस्था कहिल्यै टिक्दैन । यो धेरै समय बाँचदैन किनकी यसको आयु झिंगा जस्तै अल्पआयु छ । कछुवाको जस्तो बर्सौबर्ष छैन । किनकि यो ढोङ्ग हो यो दलालहरुको संसदिय व्यवस्था हाे ।

दलाल शासकहरुको पुँजीवादी हडकण्ठ बाहेक अरु केही होइन। अब हामीले मनन गर्न जरुरी छ कि सधै हामी प्रयोग मात्र हुने हाेइन् । केही बन्ने हाे । सधै गुलाम मात्र हुने हाेइन् । सधै हल्ला मात्र गर्ने र झोला मात्र बोक्ने हाेइन । सवालको माग अब युवाले नै खोजनु पर्ने छ । देश युवाले नै चलाउनुर्ने छ ।

कसैको पछाडी दौडेर वा केही पार्टिको झन्डा बाेकेर, एमाले, काँग्रेस, माओवादी वा राप्रपा भनेर हो हल्ला गर्ने ढुङ्गामुढा गरेर आग्रही पुर्वाग्रही राखेर हामिलाइ हाम्रो समाज र राष्टलाइ कुनै किसिमको हित हुँदैन् । यसले झन दुर्गतीकाे दिशातिर धकेल्ल्ने छ । यद्यपि अब हामी कसैको कोहि पार्टिको अन्दभक्त र कारिन्दा नबनउ झोले नबनौ ।

दुइचार बोतल बियर, हुस्की र दुई चार हजारको लागि नबिकाैं । रङ्गमन्चको भिडमा नपसौ, यो रंग मन्चको भिड हामीले पटकपटक देखिसकेका छौ र भोगी सकेका पनि छौ । यी भेडाहरुको बथानबाट केहि दाल गल्ल्ने वाला छैन । चुनावको कुनै अर्थ र महत्त्व छैन । पहिलेपनि चुनावत भएकै होनि त । गाउँगाउँमा सिहदरवार आयो भनेकै त होनि ? कहि कतै देखिएना त तीन बर्ष बितिसक्दा पनि । फेरीएन त कुनैपनी कुरा ? बरु झनझन बढदै छ त जताततै भ्रष्टाचार, कालोबजारी, बलात्कार, हत्याहिंसा, जातीय विभेद कायमै छ ।

आजपनी सुकुम्बासी उहीँ जीवन बिताइ रहेका छ्न् । आजपनी लाखौंलाख युवा बिदेशी भुमि र भारतका गल्लिहरुमा भौतिरहेका छ्न् । अब हामीले मनन गरौं त कहाँ आयो त समृद्धि ? कहाँ आयो त सिहदरबार ? कहि कतै छोयो त गरिब निमुखाहरुलाइ ?

यस अर्थमा एकरथी पनि झिनो आसाको त्यान्द्रो समेत छैन यी दलालहरुमा । त्यसकारण अब हामी केपी, प्रचण्ड, माधव, देउवा, रामचन्द्र अनि समाजवादी राजावादीको पछि लागेर समय खेर नफालौं । उनिहरुको कारिन्दा भएर झोला मात्र बोक्ने झोले नबनौ । झण्डा समाएर बेकुसर सडकमा नउफ्रिउ । कसैलाई जिताउन अनि कुर्सीमा पुर्याउन आफ्नो महत्त्वपूर्ण जिवनलाइ नबिगारौं, खेर नफालौ ।

पाउने हामीले होइन, कुर्सीमा पुग्ने हामी होइन, समाज र देशले पाउने केही होइन, पाउने त केवल केही सिमित दलाल शासकहरु र उनिहारुका आसेपासेहरुले मात्र हो । तथापी अब युवा हामिले विकल्प खोजौ । गम्भीर बहसको सुरुवात गरौं । एउटा सहि निचोडमा पुगौं । अनि त्यो मार्गमा अगाडी हिडऔं । यो संन्सार हाम्रै हो, यो धर्ती हाम्रै हो । केवल विकल्प खोज्न तिर एकताबद्ध बनौं ।

माओले भनेका थिए ‘युवा हो यो संसार तिम्राे हाे । हुन त हाम्राे पनि हाे तर अन्तिममा तिम्रै हाे । किनकी हामी अस्ताउदा सुर्य हौं, तिमिहरु उदाउदा सुर्य हौं ।’

त्याग निष्ठा बलिदान र नवनिर्माणको सुन्दर भावनाको पर्याय नै युवा वर्ग हो । युवा वर्ग घरपरिवार, समाज, राष्ट र सारा विश्वका मेरुदण्ड भएकोले देशको समसामयिक राजनैतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने अपरिहार्य हुन्छ । युवा साथिहरु यथास्थितिबाट आफू अनि आफ्नो समाजलाई मुक्त बनाउन समाज परिवर्तनमा हामी युवा वर्गले अग्रिम भुमिका खेल्दाखेल्दै पनि युवा वर्गलाई प्रयोगको रुपमा मात्र लिने कुरा साह्रै दुखदायी कुरा हो ।

शासकहरुले युवा वर्गलाई हेर्ने र बुझ्ने दृस्ठिकोण सकारात्मक परिवर्तन नआएकै कारण आज युवालाई केवल भर्याङ मात्र बनाइएको छ । भर्याङ कै रुपमा मात्र बुझने गरिएको छ ! तथाकथित ससदिय दलालहरुको उदेश्य भनेको नै कसरी हुन्छ चुनावमा भोट पाउनु र पाउनाको लागि विभिन्न झुटा प्रलोभन झुटा आश्वासनमा पारेर पाँच दशहजार पैसा, एक दुई बोतल रक्सीको भरमा प्रयोग गरेर चुनाव जित्छन । अनि आफू सत्तामा पुग्छ्न सबै कुरा बिर्सदै जान्छ्न ।

उनिहरुले हामी युवाहरुको विषयमा एकचोटी पनि सोच्न भ्याउदैन कसरी हुन्छ आफ्नो झोली भर्ने तिर लागि पर्छन । अनि के पायौं त हामीले झोला बोकेर झण्डा बोकेर घाँटी सुक्ने गरि चिच्याएर। केवल मलेसिया र साउदी कतारको पासपोर्ट र भिसा पायाै ।

केवल एक छाक खाना र एक सरो लगाउन कै लागि आफ्नो रगत पसिना बगाउन किन बाध्यता बनाएको छ । किन दैनिक हजारौं हजारको संख्यामा किन बिदेशी श्रम बजारमा बेचिएका छौ । किन दैनिक सयौ को संख्यामा लाश बनेर स्वदेश फर्किएका छौ ?

किन पुर्यायो हामिलाइ मलाय छाउनिमा ?किन पुर्यायो मरुभूमि अरबको खाडीमा ? बिदेशी गल्लिहरुमा जीवन उतै पर्नुमा भारतका गल्लिगल्लिहरुमा अब युवावर्गले यो सवाल को जवाफ खोज्नै पर्ने अनिवार्य सर्त भएको !

यद्यपी अब हामिले हाम्राे आगामी कार्यभारलाई जोडदिन सबै युवा वर्ग एकताबद्ध भएर अगाडी बढनुकाे विकल्प छैन् । अब हाम्रो जोस, जाँगर, शाहस र क्षमतालाई सहि तरिकाले सहि ठाउँमा प्रयोग गरौं ।

हामीले प्रयोग गरेको जोस, जाँगर र क्षमताले हामीलाइ मात्र नभईकन देश र समाज सबैलाइ सफलतानै मिल्छ । फेरि यहि जोस, जाँगर र क्षमतालाई गलत ढंगले लहलहिमा लागेर भ्रम भिडमा लागेर व्यक्ती र समाजलाइ नै कुभलो पुग्ने गर्दछ । त्यसकारण युवाहरु हाे आफ्नो क्षमता र विवेक कहाँ कसरी प्रयोग गर्नु पर्ने हो सहि मनन गर्न अति आवश्यक छ ।

अग्रपंक्तिमा रहेर सामाजिक वर्ग विभेद असमानता अन्याय र अत्याचारका विरुद्ध डटेर जुटन तयार बन्नैपर्छ । संसदिय दलाल पुँजीवादी र नव उदारवादिहरुको निरङ्गकुश प्रभुत्वलाई खरानी बनाउना एकताबद्ध भएर हिडनै पर्छ ।

यो दलाल पुँजीवादी, सामन्ती र फासिज्वमहरुको हालिमुहाली भएको शासन व्यवस्थालाई जरैदेखी उखेलेर फ्याक्न तत्पर बनौ । अब सधै भ्रम र आश्वासनमा नपरौ । झनपछि झन समस्यामा नफसौं । एकपछि अर्को जटिलता थपिदै गएपछि अब हामी यो बाट भाग्ने छुट हामी कसैलाइ पटकै छैन ।

माओले भनेझै युवा हो यो संसार तिम्राे हाे । हुन त हाम्राे पनि हाे तर अन्तिममा तिम्रै हाे । किनकी हामी अस्ताउदा सुर्य हौं, तिमिहरु उदाउदा सुर्य हौं । माओ को यो संश्लेषन आजको हाम्रो नेपाली समाजमा उतिकै समसामयिक र समय सान्दर्भिक छ ।

त्यसैले युवाहरु आउनुहोस् अब यो देशको मुहार फेर्ने जिम्मा तपाईं हाम्रो काधमा छ । यद्यपी अब हामी कसैको पछाडी दौडेर केही प्राप्त हुने वाला छैन । यो सबै सत्ता संचालकहर लगाएतका संशोधनवादिहरु अनि घोर दक्षिणपन्थीहरुले चलाएको बेमौसमी जात्रा हो । कृत्रिम ढोङ्गी हल्ला मात्रा हो । यो नाटकै हो, यो नौटङ्गिनै हो । यसअर्थमा हामीले चाहेको जनताले चाहेको आमूल परिवर्तन हो । जनजिबिका जनतन्त्रमा परिवर्तन हो ।

अब यो कथित दलाल पुँजीवादी संसदिय व्यवस्था कदापी सम्भव छैन । त्यसकारण युवावर्गहरु हो अब सामुहिक मार्चा अनि राष्ट र राष्टिय स्वाभिमानका लागि एकीकृत जनक्रान्ती हुँदै वैज्ञानिक समाजवादमा पुग्ने यो नै अन्तिम र निर्णायक विकल्प हो । त्यसैले विकल्प नै क्रान्ति गर्नु र क्रान्तिकारी बन्नु हो । यद्यपि अपरिहार्यता नै एकीकृत जनक्रान्ती हो ।

स्वतन्त्रता सेनानिको लागि संगित जस्तै आकर्षक छ । इतिहास संघर्षकै माध्यमद्वारा अघि बढछ । परिवर्तन केवल क्रान्तिद्वारा मात्र सम्भव छ ।

(प्रभाकर, विप्लव निकट विद्यार्थी संगठन सल्यानका अध्यक्ष हुन ।)