सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पुर्ण निशुल्क शिक्षा लागू: कुनै पनि बहानामा शुल्क लिन नपाइने

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पुर्ण निशुल्क शिक्षा लागू: कुनै पनि बहानामा शुल्क लिन नपाइने

बैशाख ११ सल्यान ।

सल्यानकाे सिद्ध कुमाख गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुलाइ निशुल्क शिक्षा लागू गर्न भन्दै सुचना निर्देशन जारी गरेकाे छ ।

नेपालको संविधानमा उल्लेख भएअनुसार विद्यार्थीले निशुल्क शिक्षा पाउनुपर्ने भन्दै सिद्ध कुमाख गाउँपालिकाले गत मंसिर २५ गतेको निर्णय अनुसार आधारभुत तह (१-८) र माध्यमिक तह (कक्षा ९- १०) सम्मको शिक्षा पूर्ण निशुल्क गर्ने निर्णय गरेको थियाे ।
उक्त निर्णयलाइ बेवास्ता गर्दै कतिपय विद्यालयहरुले शैक्षिक सत्र २०८१ को लागि विद्यार्थी भर्ना गर्दा आफु खुसी शुल्क लिन लागेकाे र लिएको गुनासाे आएकाेले पालिकालाइ पुर्ण निशुल्क शिक्षा बनाउनमा पालिका कडाइका साथ लागि परिरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताएका छन ।

सामुदायिक विद्यालयहरुले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका थप क्रियाकलाप सञ्चालन प्रयोजनार्थ अभिभावक वा अन्य सहयोगी दाताहरुले दिएको स्वेच्छिक दान, चन्दा वा अन्य कुनै सहयोग रकम बाहेक विद्यार्थीहरुको नामबाट अनिवार्य रुपमा कुनै पनि शुल्कहरु निर्धारण गरी लिन नपाइने प्रशासकीय अधिकृत द्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाको निर्णय विपरित हुने गरी शैक्षिक सत्र २०८१ को भर्ना अभियानको समयमा भर्ना वा अन्य कुनै बाहानामा विद्यालयहरुले विद्यार्थीहरुको नामबाट शुल्कहरु निर्धारण गरी लिएको भए सो रकम ३ दिन भित्र सम्बन्धित विद्यार्थीहरुलाई नै फिर्ता गरी/गराई सो को प्रतिवेदन मिति २०८१/०१/१४ गते सम्म सिद्ध कुमाख गाउँपालिकाकाे कार्यालयमा पेश गर्न पनि अनुरोध गरिएको छ।

विद्यालयमा हुने त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक परिक्षाकाे लागि प्रश्न पेपर र कपीकाे लागि पनि विद्यार्थीबाट शुल्क उठाउन नपाइने र त्यसकाे लागि गाउँपालिकाले नै खर्च व्यवस्थापन गर्ने उहाँले बताउनु भयो।
यदि कहि कतै कसैबाट प्रति विद्यार्थी भर्ना शुल्क वा अन्य कुनै शुल्क लिएको प्रमाणित भएमा गाउँपालिकाको निर्णय अनुसार कार्बाहि गरिने समेत प्रशासकीय अधिकृत खड्काले बताएका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज