सल्यान कुमाख गाउँपालिकामा दुई समुह बिच झडप हुदा एक जनाको मृत्यु ११ जना पक्राउ

सल्यान कुमाख गाउँपालिकामा दुई समुह बिच झडप हुदा एक जनाको मृत्यु ११ जना पक्राउ

बैशाख १२ सल्यान ।

सल्यान कुमाख गाउँपालिका वडा नम्बर ५ मा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो ११ गते राती करिब १० बजेको समयमा झारकाँडा र कौछे टोलको विचमा भएको ग्याङ्गफाइमा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरिक्षक शेर बहादुर बस्नेतले बताउनु भएको छ।

मृत्यु हुनेमा कुमाख गाउँपालिका ५ कौछेका २० वर्षका विकाश वली रहेका छन् ।
बैशाख ११ गते दिउँसो दाङबाट माइती मान्न गएका उनीहरु फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही व्यक्तिहरुले विवाहको लागि बनाइएको गेट भत्काएपछि झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभएको छ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार ग्याङ्गफाइटमा संलग्न ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइने प्रहरी निरीक्षक  बस्नेतले जानकारी दिएका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज