कर्णाली प्रदेश सरकारले पुर्णता पायो
बैशाख १८ सुर्खेत
कर्णालीमा कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुमपश्चिका महेन्द्र केसी, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रीमा दैलेखका विनोद शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कालिकोटका दुर्गबहादुर रावत नियुक्त भएका छन् ।
यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा डोल्पाका शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा मन्त्रीमा दैलेखका गौमता विक नियुक्त भएका हुन् ।
उनीहरूले शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
यसअघि कर्णालीमा सत्तारूढ दलहरू माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् पूर्णता पाएको थिएन।
लेखकको सम्वन्धमा