सल्यानमा लागू औषध मुद्दामा फरार दुई प्रतिवादी २२ बर्ष पछि कानुनको फन्दामा

सल्यानमा लागू औषध मुद्दामा फरार दुई प्रतिवादी २२ बर्ष पछि कानुनको फन्दामा

बैशाख २०सल्यान ।

सल्यानमा लागु औषध मुद्दामा फरार दुई अभियुक्तलाई प्रहरीले झन्डै २२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका ४ का ७० वर्षीय मन बहादुर पुन भन्ने मनविर पुन मगर र सोही निवासी ६७ वर्षीय प्रेम बहादुर पुन भन्ने गोर्बधन पुनलाई घरबाटै पक्राउ गरिएको हो ।

उनिहरुलाइ अदालतले २०५९ साल माघ २६ गते जनही २ वर्ष कैद फैसला गरेको थियो । सोही समयदेखि फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भएको छ । दुवै प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार कार्यालय सल्यानमा चलान गरिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज