खवरदार, यदि कम्युनिस्ट नस्ट हुन्छ भने कम्युनिस्ट कै कारणले हुनेछ
भरत रोकाय ‘एक्सन’
सल्यान
कुनै पनि देशमा कम्युनिस्ट नस्ट हुन्छ भने केबल कम्युनिस्ट कै कारणले नस्ट हुनेछ भनेर कहि पढेथे, अहिले नेपालमा नेकपाको आचरण र अवस्था हेर्दा चिन्ता लाग्न थालेको छ ।
म सबैभन्दा पहिला नेपाली नागरिक हु। मैले मानेको राजनीतिक आस्था यदि मेरो देशको लागि हुन सक्दैन भने मैले आस्थावान हुनुको मुल्य चुकाउनु पर्दो रहेछ। र अहिले नेपालमा धेरैले कम्युनिस्ट हुनुमा गर्ब गर्ने अवस्थाको सुनिश्चितता हुन नसक्ने होकि भन्ने चिन्ता लाग्नु स्वाभाविक हो ।
मैले हालेको मत ( भोट) को सम्मान हुन नसक्नु नै मेरो लागि दु:खद पक्ष हो भने देश र जनताको लागि भनिने नारा सुनेर केबल सिमित तप्काको लागि उपहार बन्छ भने त्यो म जस्तो आस्थावानको लागि आत्मादाह समान हुनेछ ।
अहिलेको अवस्थामा पनि यो सरकारको विकल्प खोज्नु देश प्रर्तिकै आघात हो। सामाजिक-आर्थिक रुपमा कमजोर मात्र हैन कोरोनाको यो कहालीलाग्दो महामारी लाई पनि ध्यान नदिई जो कोहि पनि यो सरकार ढाल्ने खेलमा लागेका छन तिनको हिसाब हिजो पनि जनताले गरेकै हुन र भोलि पनि गर्ने छन। त्यस्ता स्वार्थ लुप्त नेता भनाउदा हरुलाइ अब जनताले हिसाब हैन सजाय दिने छ्न।
प्रधानमन्त्री ज्युको रबैया सम्मान जनक हुन नसक्नु सारै पिडा दायक बन्दै गयको छ। उहाँको आफ्नै सोच हो वा उहालाई घेरेर बस्नेहरुको आचरणको कारणले हो तर जनतामा दिन प्रतिदिन निराशा छाउदै गयको छ। कोहि सच्चा कार्यकर्ताले यस्तो कुरा खुलेर भन्न सक्नु पर्छ नकि नेतालाई चनाको बोटमा चडाउदै आफू चना खाने काम गर्नु भयन।
प्रधानमन्त्री ज्यु तपाइको यो बोनसको जीवन देश र जनताको लागि हो, राम्रो काम गर्न लामो जीवन हैन राम्रो उदेश्य र कर्म सहि हुनुपर्छ भन्ने कुराको उदाहरण बन्न सक्नुहोस । निरासतामा निदाइ रहेको हामी नेपाली लाई आशाको सपना देखाइदिनु भो, सपनामै सहि तर मिठो अनुभुती भयकै हो र सबै सपना पूरा नभय पनि देशलाइ तपाइ जिबित हुँदै तपाइले देखायको केही सपनाको हकिकतमा बदल्ने प्रायस गर्नुहोस तव न तपाईको देशको प्रधानमन्त्रि नत्र यसरि हावा गफ दिने तपाईको सस्कार पुरानो भै सक्यो हामि नेपालिहरुलाई ।
अहिले पर्तीपक्षले जति सहयोग सरकारलाई गरेको छ त्यति नै असहयोग नेकपा का स्वार्थी नेताहरुले गरिरहेका छन र जनताले मुल्यांकन गर्दै छ्न। कमरेड प्रचण्ड ज्युलाई भस्मासुर जस्तो आचरण भन्ने दोष नलागोस, तपाइको राजनीतिक भबिस्य जुटनु मै थियो र सहकार्य मै छ अन्यथा बाबुराम भट्टराई जस्तो वास र साथ खोज्दै भौतारिदैमा जिबन जाला, 10 बर्षको आफ्नो बलिदान र सहिदको रगतले सराप्ने छ।
अनि माधव कुमार नेपाल, झलनाथ वा बामदेब कमरेडहरु भोलि जनताको अदालतमा न्याय नपाउनु होला, ओलि लाई पाखा लगाउने खेलमा आफै हिलोमा फस्नु होला,जनताले आफ्नो मत बाट पहिला नै सजग गराइ सकेका छन, अब जनताले सजाय दिन नपरोस। आजै देश र जनता प्रती जवाफदेही हुन सक्नुस।











प्रतिकृया दिनुहोस्