भुपिनका २ गजल



गजल
१ .
जिन्दगी बग्नुपर्ने सलल खोला जस्तो
भैदियो जिन्दगी पुरानो झोला जस्तो
तिमिले त आफैलाई यसरी प्रचार गर्यौ
पेप्सीकोला जस्तो कोलाकोला जस्तो
यो देशमा कोहि जन्मदै राजा बन्छन
धेरैको जीवन छ पशुकै चोला जस्तो
अरे,बेच्नेले नैतिकता यसरी बेच्दिन्छन
जस्तो कि समोसा मम र छोला जस्तो
२ .
यहाँ त्याग होईन लुट भो राजनीति
सहमति भण्दा पनि फुट भो राजनीति
छोडऔं सबले अब सिद्धान्त र नेतृत्व
व्यक्ति – व्यक्तिको गुट भो राजनीति
छैन कसैलाई माया देश र जनताको
भ्रष्ट दलालको एकजुट भो राजनीति
राष्ट्रघात जनघात ,अत्याचार भ्रष्टाचार
जे गरे नि हुन्छ यहाँ छुट भो राजनीति
वस! कुरा गरे हुन्छ काम नगरे नि
सिकौं ढाट्न अब झुट भो राजनीति
भुमप्रकाश भण्डारी ‘भुपिन’
बानपा ५, सल्यान
रोशन परियारको कविता : ” म स्वास्नी “
गणेशमान सिंहको कविता : प्रिय हुन्छ्न
वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम







प्रतिकृया दिनुहोस्