May 25, 2026, Monday
२०८३ जेष्ठ ११, सोमबार
सल्यानमा पार्टी कार्यालयमा तालाबन्दी गरेर नेकपाका दुवै समुह घर फर्किए

सल्यानमा पार्टी कार्यालयमा तालाबन्दी गरेर नेकपाका दुवै समुह घर फर्किए

पौष ०७, सल्यान । सल्यानमा नेकपाको पार्टी कार्यालयमा तालाबन्दी गरेर नेकपा सल्यानका ओली र प्रचण्ड – नेपाल समुहका नेता कार्यकर्ताहरू घर फर्किएका छन ।

नेकपाको केन्द्रमा ओली र प्रचण्ड – नेपाल समुहका बिचको विवाद चर्किदै गए पछि त्यसको असर देशभर फैलिदै जाँदा सल्यानमा आज दुबै समूहले पार्टी कार्यालयमा आफ्नो दाबी गर्दै तालाबन्दी गरेका थिए।

दिउसो एकबजे देखि पार्टी कार्यालयमा जम्मा भएका दुबै समुहका नेताकार्यकर्ताहरू पार्टी कार्यालयमा तालाबन्दी गरेर फर्किएका हुन ।

तालाबन्दी पछि ओली समुहका कार्यकर्ताहरू सामान्य तरिकाले फिर्ता भएपनी प्रचण्ड – नेपाल समुहका कार्यकर्ताहरू केपि ओली र संसद विघटनको विरुद्ध चर्को नाराबाजी गर्दै पार्टी कार्यालय बाट खलंगा पुरानो बसपार्कमा आइ कोन सभामा परिनत भएका थिए ।

कोन सभालाई युवासंघ नेपालका जिल्ला अध्यक्ष प्रकाश भण्डारीले सहजीकरण गरेका थिए भने अनेरास्ववियुका जिल्ला अध्यक्ष चेतन गिरी र युवा संघका केन्द्रिय सदस्य खडक आचार्यले सम्बोधन गरेका थिए ।

उनीहरुले केपि ओलीले संबिधान विरुद्ध कू गरेको र कम्युनिस्ट पार्टीको गद्दार भएको बताउदै केपि ओलीले राजिनामा दिनुपर्ने बताए ।