May 25, 2026, Monday
२०८३ जेष्ठ ११, सोमबार
सल्यान प्रहरी द्वारा ५ दिनमा ६,५४५ लिटर घरेलु मदिरा नष्ट

सल्यान प्रहरी द्वारा ५ दिनमा ६,५४५ लिटर घरेलु मदिरा नष्ट

कार्तिक ५, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले सल्यानमा कात्तिक १ गते देखि ५ गते सम्म करिब ६,५४५ लिटर अबैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 

चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गर्ने क्रममा अबैध मदिरा उत्पादन, बिक्रि वितरण तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकण गर्ने कार्ययोजना अनुरूप जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटहरु द्वारा जिल्लाव्यापी रूपमा मदिरा नस्ट गरिएको हो ।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तयारी मदिरा र कच्चा पदार्थ (जाँड) समेत नियन्त्रणमा लिई नष्ट गरेको र रक्सी उत्पादन गर्ने १३ सेट भाँडा वर्तन समेत बरामत गरेको हो ।

अभियानकै रूपमा अबैध मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यान लागिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनु भयो ।