April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
रसिद नदिएरै शुल्क लिएको केहि दिनमै जनकल्याण नमुना माबिका शिक्षकले लेखे, मार्मिक स्टाटस

रसिद नदिएरै शुल्क लिएको केहि दिनमै जनकल्याण नमुना माबिका शिक्षकले लेखे, मार्मिक स्टाटस

 

 

कार्तिक २८, सल्यान । कक्षा ११ को परिक्षा संचालनको लागि रसिद बिनानै विद्यार्थीहरू बाट लाखौं रकम उठाएको समाचार सार्वजनिक भएको एकहप्ता भित्र सल्यानको जनकल्याण नमुना माबि थारमारेका एक क्षिक्षक पबित्रलाल बस्नेतले बिद्यालयका विविध सन्दर्भमा लामो स्टाटस लेखेका छन ।

शुक्रबार बिहान आफ्नो फेसबुक एकाउन्ट मार्फत एक पोष्ट गर्दै उनले आफुले अध्यापन गर्ने बिद्यालयका केही गतिविधिलाई लिएर पटकपटक सामाजिक संजाल र संचार माध्यमहरूमा नकारात्मक समाचार आउनु चिन्ताको बिषय भएको बताएका छन ।

उनले लेखेका छन – “हामीले अध्यापन गर्ने बिद्यालय जनकल्याण नमुना मा.बि.का केही गतिविधिहरु लाई लिएर पटकपटक सञ्चार माध्यम एवं सामाजिक संजालमा नकारात्मक समाचार आउनु हामी शिक्षकको लागि निकै चिन्ताको बिषय हो।”

बिद्यालयको अस्मिता सङ्ग शिक्षक, बिद्यार्थी, अभिभावक तथा समुदायको नै अस्तित्व जोडिएको हुनाले बिद्यालय प्रशासन तथा जिम्मेवार पक्षबाट गरिने निर्णयहरू एवं गतिबिधिहरु संविधान, शिक्षा ऐन नियमावली, स्थानीय शिक्षा ऐन एवं बिद्यालयको बिनिमय र सामाजिक मूल्य मान्यतामा आधारित हुनुपर्ने क्षिक्षक बस्नेतको भनाइ छ ।

जनकल्याण नमुना माबि आफैमा भौतिक तथा मानविय संसाधनले सम्पन्न भएपनी बिद्यालय प्रशासनले कुनै निर्णय गर्दा बिद्यालयमा लामो समयसम्म अध्यापन गरेका तथा आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका शिक्षकहरु संग सामान्य छलफल र परामर्श नै नगरी आफु अनुकूलका शिक्षकहरुको सहमतिमा केही अपरिपक्व र अदूरदर्शी निर्णयहरु गरेका कारणले बिद्यालयको अस्मितामा दाग लाग्ने गरि मिडियामा नकारात्मक समाचार आएको उनको दावी छ ।

बिगतमा जे भए पनि आगामी दिनहरूमा आफुलाई मात्रै लाभ हुने काम नगरेर शिक्षक, विद्यार्थी, अविभावक सबैलाई कल्याण हुने गतिविधि गर्न पनी उनले आग्रह गरेका छन ।

कक्षा ११ को परिक्षामा सहभागी हुने विद्यार्थीहरू बाट रसिद नदिएरै जनकल्याण नमुना माबी सहित सल्यानका अन्य ८ माबिले परिक्षा शुल्क उठाएको समाचार कार्तिक २३ गते नयाँ दृष्टिमा प्रकाशित भएपछि उक्त बिद्यालयहरूको चौतर्फी आलोचना भएको थियो । समाचार प्रकाशित भएपछि जनकल्याण नमुना माबि सहित केही बिद्यालयले विद्यार्थीलाई रसिद उपलब्ध गराएका थिए ।

यस्तो छ बस्नेतको स्टाटस :

हामीले अध्यापन गर्ने बिद्यालय जनकल्याण नमुना मा.बि.का केही गतिविधिहरु लाई लिएर पटकपटक सञ्चार माध्यम एवं सामाजिक संजालमा नकारात्मक समाचार आउनु हामी शिक्षकको लागि निकै चिन्ताको बिषय हो।

बिद्यालयको अस्मिता सङ्ग शिक्षक, बिद्यार्थी, अभिभावक तथा समुदायको नै अस्तित्व जोडिएको हुन्छ । बिद्यालय प्रशासन तथा जिम्मेवार पक्षबाट गरिने निर्णयहरू एवं गतिबिधिहरु संविधान, शिक्षा ऐन नियमावली, स्थानीय शिक्षा ऐन एवं बिद्यालयको बिनिमय र सामाजिक मूल्य मान्यता आदिमा आधारित हुनुपर्छ ।

हाम्रो बिद्यालय आफैमा पनि साधन र स्रोतले सम्पन्न एवं मानव साधन ( योग्य शिक्षक ) मा पनि सम्पन्न छ। नमूना बिद्यालय भएकोले नेपाल सरकारबाट करोडौं रकम उपलब्ध हुन्छ ।

यस बिद्यालयमा माद्यामिक द्धितीय श्रेणीका ८ जना शिक्षक हुनुहुन्छ, धेरैजसो शिक्षकहरु मास्टर डिग्री उतिर्ण हुनुहुन्छ र अन्य शिक्षकहरु आफ्नो बिषयमा विशेषज्ञता हासिल गरेका हुनुहुन्छ ।

तर विडम्बनाको कुरा के छ भने बिद्यालय प्रशासन वा जिम्मेवार पक्षले कुनै निर्णय गर्दा उच्च श्रेणीका तथा यसै बिद्यालयमा लामो समयसम्म अध्यापन गरेका तथा आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका शिक्षकहरु संग सामान्य छलफल एवं परामर्श नै नगरी वा जानकारी नगराई आफ्नो अनुकूलका नजिकका शिक्षकहरु सङ्ग मात्र सहमतिमा गरिएका केही अपरिपक्व र अदूरदर्शी निर्णयहरुका कारणले बिद्यालयको अस्मितामा दाग लाग्ने गरि मिडियामा नकारात्मक समाचार आउँदा हामीहरु दुखी भएका छौँ ।

अरुहरुले भनेकां सत्य कुरालाई असत्य ठान्ने र आफुले गरेका असत्य कुरालाई सत्य मान्नै पर्ने अहंकारी मनोवृत्तिका कारणले असर पर्न गएको पाइन्छ ।

मैले यति भन्दा सबै दोषहरु अरुहरु माथि मात्र थुपार्न खोजेको हैन। हामी सबैका केही न केही कमजोरीहरु होलान । कसैको बढी र कसैको घटी। आफ्ना कम्जोरी लाई स्वीकार गरौं ।

विगतमा भएका गल्ती कमजोरिहरु लाई लिएर आरोप प्रत्यारोप लागाउनु भन्दा पनि अबका दिनमा हामी सम्पूर्ण शिक्षकको सहमतिमा आपसी छलफलबाट बिद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक र समुदायको नै हित हुने किसिमका निर्णय गरि सबैले पालन गरौं ।

आफुलाइ मात्र लाभ हुने नभई बिद्यार्थी र अभिभावकको समेत कल्याण हुने गतिविधि गरौं । समग्रमा बिद्यालयकै हितहुने साथै बाहिर कतैबाट पनि आलोचना नहुने खालका गतिबिधिहरु सन्चालन गरौ यसैमा हाम्रो इज्जत रहन्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज