September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
बागचौर वडा नं ५ बाङ्गेलाखुरीमा एमालेको चुनावी सभा (तस्बिरहरू)

बागचौर वडा नं ५ बाङ्गेलाखुरीमा एमालेको चुनावी सभा (तस्बिरहरू)

वैशाख २१, सल्यान । स्थानीय तहको निर्वाचन नजिकिए सँगै बागचौर नगरपालिकामा नेकपा (एमाले)ले चुनावी अभियानलाई तिव्रता दिएको छ ।

नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो र चुनावी सभा गर्दै आएको एमालेले बुधबार नगरपालिकाको वडा नं ५, बाङ्गेलाखुरीमा चुनावी सभा गरेको हो ।

सभामा नेकपा (एमाले)बाट मेयरका उम्मेदवार तिलक मल्ल, उपमेयर भक्तकुमारी जिएम केसी, जिल्ला सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसी, नगर अध्यक्ष घनश्याम शर्मा, सचिब मोहन चन्द लगायत वडाका उम्मेदवारहरूको आतिथ्यता रहेको थियो।

सभा भब्यरुपमा सम्पन्न भएको आयोजक वडा नं ५ कमिटीले बताएको छ । निर्वाचन नजिकिए सँगै एमालेले जनभेटघाट र घरदैलो कार्यक्रमलाई आक्रामक बनाएको छ ।

तस्बिरहरू : दिपेन्द्र प्रकाश डिसीको फेसबुक बाट