सांसद बस्नेत द्धारा स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमका २८ आयोजनाहरु सार्वजनिक
मंसिर १०, सल्यान । सल्यान बाट निर्वाचित संघिय प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री मा. टेकबहादुर बस्नेतले स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत विभिन्न २८ वटा विकास निर्माण आयोजना छनौट तथा सार्वजनिक गर्नु भएको छ ।
बुधबार जिल्ला समन्वय समिति सल्यानको हलमा भएको पत्रकार सम्मेलनका क्रममा सांसद बस्नेतले करिव ४ करोड बजेट बराबरका २८ वटा विकास निर्माणका आयोजनाहरु सार्वजनिक गर्नु भएको हो ।
कार्यक्रम अन्तरगत सडक, खानेपानी, सिचाई, विद्यालय, सडक पुल लगायत पुर्वाधार निर्माणका आयोजनाहरु समावेश गरिएको छ । सडक पुर्वाधार अन्तरगत २ करोड २० लाखका १० वटा आयोजना समेटिएको छ । त्यस्तै शैक्षिक÷ विद्यालय पूर्वाधार अन्तरगत कुल ७६ लाखका ८ वटा योजना छनौट गरिएको छ ।
त्यस्तै सिचाई र खानेपानी पूर्वाधार अन्तरगत ६६ लाख लागतका ६ वटा आयोजन छनौट गरिएको छ भने ,सडक पुल अन्य पूर्वाधार अन्तरगत ३४ लाखका ४ वटा योजना कार्यक्रममा छनौट र समावेश भएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले आयोजना निर्माणको लागी बजेटको ब्यवस्था गरेपनि कार्यन्वयनमा समस्या आउने भएकाले त्यसको निगरानी गर्न पत्रकारहरुलाई अनुरोध गर्नु भयो । उहाँले भन्नुभयो – ‘ विगतमा पनि यहाँहरुले औल्याएका केहि कुरालाईहरुले हामीलाई मदत गरेको छ , मलाइ आशा एवं बिस्वास छ , आगामी आ.व.मा पनि यहाँहरुको साथ् हुनेछ ।’
यि हुन,आ.व.२०७७-०७८ मा छनौट भएका योजनाहरुः
१) सडक पूर्वाधार तर्फ :
१.१) कालीमाटी–४, खैरेनी–छापडाँडा–बन्गाड कुपिन्डे नगरपालिका–१२ निगालचुला जोड्ने सडक जोड्ने सडक ट्रयाकओपन गर्न रू.२० लाख ।
१.२) कालीमाटी–२, जुगेना–फारुला–पैँयाकाँडा–कोछठ्ठे–नयाँ वन जोडने सडक ट्रयाक ओपन रू.२० लाख ।
१.३) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (DTRRS ) : त्रिवेणीको मख्खनटाकुरी,–गैरीकटेरी–करेलीचौर–कालापोखरा–अखेला जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू.२० लाख ।
१.४)कपुरकोट–३, कपुरकोट–झुलनेना–सिमलकुना,– दाङ्गको हलवार जोडने सडक ट्रयाक ओपन रू.३० लाख ।
१.५) छत्रेश्वरी–५, लेखपोखरा–झिम्पे ठुलीखर्क–राँगोहाने जोडने सडक ट्रयाकओपन रू.३० लाख ।
१.६) छत्रेश्वरी–४, झिम्पे खोलागाउँ–झङखानीबाट कपुरकोट–६, सिनवाङ्ग खानीगाउँ जोडने सडक ट्रयाकओपन रू.१० लाख ।
१.७) शारदा नगरपालिका–६, कजेरी सापमाराबाट शारदा नगरपालिका–५, सेजवालटाकुरा हुदै साईलेकम्द हुदै सल्यान खलङ्गा जोडने सडक ट्रयाकओपन रू.२० लाख ।
१.८) सिद्धकुमाख –३, माझखर्क–शारदा नगरपालिका–७, कजेरी कालिका मा.वि.जोडने सडक स्तरबृद्धि गर्न रू.१० लाख ।
१.९) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (DTRRS ) : बन्गाड कुपिन्डे नगरपालिका–११,माँझकाँडाको लक्षुहाले–रैकर जोडने सडक ट्रयाकओपन रू.३० लाख ।
१.१०) बागचौर नगरपालिका–९, कोटमौला लिउरेवारी–कोटबाराको गाँराकोट–परीलेख–मौरीघारे–चार जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू.३० लाख ।
२) शैक्षिक-विद्यालय पूर्वाधार :
२.१) कपुरकोट–४, धनबाङ्ग सरस्वती आधारभुत विद्यालय चुनवाङ्ग गाँरापानी घेरवार गर्न रू.७ लाख ।
२.२) शारदा नरपालिका–१३, स्यानीखाल अत्तरकाँडा दिपेन्द्र चौतारा आधारभुत मा घेरवार, टिनको छाना फेर्न रू.७ लाख ।
२.३) शारदा नगरपालिका–११,जनचेतना आधारभुत विद्यालय भौतिक संरचना निर्माण रू.८ लाख ।
२.४) बन्गाड कुपिण्डे नगरपालिका–६, घाँजरीपीपल श्री राधा नि.मा.वि. घेरबार गर्न रू.७ लाख ।
२.५) कुमाख गाउँपालिका–३, स्वीकोट कालिका आधारभत विद्यालय घेरबार गर्न रू.७ लाख ।
२.६) कुमाख गाउँपालिका–५, कालागाउँ अरनीको मा.वि.कोटनाउला गेट निर्माण तथा घेरबार निर्माण रू.२० लाख ।
२.७) दार्मा गाउँपालिका–४, भल्चौरको लाँकुरीडाँडा कालिका आधारभुत विद्यालयको खेलमैदान निर्माण रू.९ लाख ।
२.८) बागचौर नगरपालिका–२, थारमारे बनेचौर मा.वि.को खेलमैदान निर्माण रू.१० लाख ।
३) सिंचाई पूर्वाधार :
३.१) सिद्धकुमाख गाउँपालिका–२, सिद्देश्वरी लामपाटा सिंचाई कुलो मर्मत सम्भार गर्न रू.८ लाख ।
३.२) कुमाख गाउँपालिका–२, स्वीकोट मैनचौर–रातामाटा–सिरवारखोला अधुरो सिंचाई आयोजना पुरा गर्न रू.१० लाख ।
३.३) दार्मा गाउँपालिका–३, भल्चौर चैतेखोला–सोताखेत–भातमारे सिंचाई आयोजना रू.१० लाख ।
४) खानेपानी पूर्वाधार :
४.१) त्रिवेणी गाउँपालिका–२, काँरागिठी ढोरपानी खानेपानी आयोजना रू.२० लाख ।
४.२) कपुरकोट गाउँपालिका–३, काले अधुरो लिप्ट खानेपानी आयोजना पुरा गर्न रू.८ लाख ।
४.३) दार्मा गाउँपालिका–५, ढाकाडाम टिकेपातल धारा वितरण खानेपानी आयोजना रू.१० लाख ।
५) सडक तथा अन्य पूर्वाधार :
५.१) शारदा नगरपालिका–१, पटनेरी जिल्ला आँखा अस्पताल भवन र्ममत सम्भार रू. ५ लाख ।
५.२) छत्रेश्वरी गाउँपालिका–७, छायाक्षेत्र जिताठान प्रगतिशिल सामुदायिक २ कोठे भवन निर्माण आयोजना रू.१० लाख ।
५.३) दार्मा गाउँपालिका–३, भल्चौर फारुला बजार दार्माखोला आर.सि.सि.सडक पुल निर्माण आयोजना रु.१० लाख ।
५.४) DPR \ IEA : (DTRRS ) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान (कपुरकोट देखी त्रिवेणीको अखेलासम्म, कपुरकोट गाउँपालिका रू.९ लाख ।







प्रतिकृया दिनुहोस्