March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
गायक चेतन राईको नयाँ गित ‘नाम्चे बजार’ सार्वजनिक

गायक चेतन राईको नयाँ गित ‘नाम्चे बजार’ सार्वजनिक

माघ ८, सल्यान । गायक चेतन राईको नयाँ गित नाम्चे बजार सार्वजनिक भएको छ  । निकै लामो समय देखि गीत संगीतको क्षेत्रमा यात्रा गरिरहेका गायक राइको आवाज शब्द भरिएका दर्जन बढि गीत बजारमा रहेका छन ।

गीत संगीतको यात्राकै क्रममा गायक राईले नयाँ तामाङ सेलो गीत बजारमा ल्याएका छन । गायक राईको आफ्नै उत्कृष्ट शब्द, संगीत रहेको गीतमा  चेतन राइ आफैले स्वर दिएका छन ।

सुन्दर परिवेशमा छायांकन  गरिएको गीतको म्युजिक भिडियोमा गायक चेतन राई र सुमी लामाको उत्कृष्ट अभिनय रहेको छ । सेकाई मनोरन्जनले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अभियान समेत गरेका गायक चेतन राईले १२ वर्ष पछि भिडियोमा अभियान गरेका हुन ।

गित गायक चेतन राईको आफ्नै युुट्युव च्यानलमा मार्फत बजारमा आएको छ । दशक अघि देखि नेपाली पप आधुनिक विदामा सक्रिय गायक चेतन राईका सेभेन, तिमीतिमी, दोधार, मरेर के लानुुछ दर्शकले रुचाएका गितहरुमा हुन। गायक चेतन राई सल्यान खलंगामा जन्मिएका हुन ।

हेर्नुहोस् भिडियो :
https://youtu.be/-Eu159AebfU

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज