January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
पूरा भयो सल्यानी गायक राईको आफ्नै गृह जिल्लामा गितको छायांकन गर्ने इच्छा

पूरा भयो सल्यानी गायक राईको आफ्नै गृह जिल्लामा गितको छायांकन गर्ने इच्छा

पौष ०४, सल्यान ।

सल्यानी गायक चेतन राईको “सालै जो कुपिण्डे तालैमा” बोलको गितको छायांकन काम सकिएको छ ।

चर्चित गायिका रचना रिमाल र गायक राईको स्वरमा रहेको “सालै जो कुपिण्डे तालैमा” बोलको गित सल्यानको कुपिण्डे, खैराबाङ, छ्त्रेश्वरी, त्रिबेणि, खलंगा र कोटमौला लगाएतका ठाउँमा छायांकन गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गित संगितको माध्यमबाट पनि जिल्लाको पहिचान गराउन सकिन्छ भन्ने मान्यताका साथ जिल्लामा रहेका ऎतिहासिक ठाउँहरु, पर्यटकीय स्थल, कृषि क्षेत्रहरु तथा जिल्लाका रमणीय ठाउँहरु गितको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अभिप्रायले उक्त गितको रचना तथा छायांकन गरिएको गायक राईले बताए ।

गितमा संगित सुर्य रुम्बा र स्वयं राईको रहेछ भने नेहा तामाङ, प्रितिका शर्मा, अभिलाषा सिंह, मनिषा बस्नेत, सम्यम सिंह, नवीन थापा, आभास भट्टराई, प्रकाश लामिछानेको अभिनय देख्न सकिनेछ ।

गितको ड्याइरेक्सन, इडिट, छायांकन फराज अर्पन, असिस्ट छायांकन बिशाल थापा र मेकअप स्वस्तिका श्रेष्ठ, ड्रोन दृश्य योगराज बिश्वकर्मा, दिपसागर भण्डारी र खकेन्द्र केसीको रहेको छ ।

राईले गितको माध्यमबाट सल्यान चिनाउनका खातिर आफ्ना ३ वटासङ्गै जम्मा ४ वटा गितको छायांकन जिल्लामै गराएको बताए ।

दशक अघि देखि नेपाली पप आधुनिक बिधामा सक्रिय गायक राईका सेभेन, साउण्ड र स्टेप दर्शकले रुचाएका एल्बमहरु हुन । उनको “सालै जो कुपिण्डे तालैमा” गित ‘स्टेज’ एल्बममा समाबेश गरिएको छ ।

सल्यान खलंगामा जन्मिएका राई  बिगत लामो समय देखि यो क्षेत्रमा लागेर नेपालि पप र आधुनिक गित संगीतको क्षेत्रमा योगदान पुर्याउदै आएका छन ।