March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
प्रणय दिवसको अवसरमा सल्यानका चेतन राईको नयाँ गित ‘कहिले कतै’ सार्वजनिक ( भिडीयो सहित )

प्रणय दिवसको अवसरमा सल्यानका चेतन राईको नयाँ गित ‘कहिले कतै’ सार्वजनिक ( भिडीयो सहित )

फागुन ०४, सल्यान । गायक चेतन राईको नयाँ गीत बजारमा आएको छ । प्रणय दिवसको अवसरमा गायक राईको नयाँ गित ‘कहिले कतै’ सांगीतिक बजारमा आएको हो । chetanarai official नामको आफ्नै युटुव च्यानलबाट उहाँले यो गित दर्शक तथा स्रोता माझ सार्वजनिक गर्नुभएको हो ।

‘कहिले कतै’ बोलको उक्त गीतमा शब्द, संगीत र आवाज राईको नै रहेको छ भने गीतको एरेन्ज दिवेश राईले गर्नुभएको छ । प्रणय दिवसको अवसरमा रिलिज गरिएको गीतलाई दर्शक श्रोताले रुचाउने राईको विश्वास छ । ‘यो मायाप्रेम सम्बन्धी गीत हो, सोही कारण प्रणय दिवसको अवसरमा सार्वजनिक गरे, पक्कै प्रेम गर्नेहरुको साथ पाउनेछु’ राईले भन्नुभयो ।

गीतको भिडियोमा प्रवीन राई र प्रियंका चौधरीको अभिनय रहेको छ । भिडियोको निर्देशन, छायाकंन र सम्पादन फराज अर्पणले गर्नुभएको हो । यो गीत राईको तेस्रो एलबम ‘स्टेप’मा समाबेश हुनेछ । यस अगाडि नयाँ एलबममा समावेश हुने ‘मरेर के लानु छ’ सार्वजनिक गरिएको थियो ।

सल्यान जिल्लामा जन्मनुभएका गायक चेतन राई यतिबेला जापानमा हुनुहुन्छ । जापान रहँदासमेत फुर्सदको समयमा संगीत सिर्जनामानै उहाँ व्यस्त हुनुुहुन्छ । उहाँले पप तथा आधुनिक विधाका गीत गाउनुहुन्छ । उहाँको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो ।

‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उहाँलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाल्नुभयो । दुवै एलबमबाट पाएको दर्शकको मायाका कारण अहिले तेस्रो एलबमको तयारीमा उहाँ जुट्नु भएको हो ।

केही वर्षदेखि जापानमा बस्दै आउनुभएका गायक चेतन राईसँग नेपाल फर्किएर संगीतको क्षेत्रमा धेरै काम गर्ने हुटहुटी बाँकी नै रहेको बताउनुहुन्छ । गीत हेरेर तथा सुनेर प्रतिक्रिया दिन गायक राईको आग्रह छ ।

भिडीयो :