July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानी गायक चेतन राईको “तिमी धुन बन म गित गाउछु” बोलको गित सार्वजनिक (भिडियो सहित)

सल्यानी गायक चेतन राईको “तिमी धुन बन म गित गाउछु” बोलको गित सार्वजनिक (भिडियो सहित)

सल्यानी गायक चेतन राईको ” तिमी धुन बन म गित गाउछु ” बोलको गित सार्वजनिक भएको छ ।

उनको चौथो एल्बम “stage” मा समाहित उक्त गितमा स्वर गायक चेतन र अस्मिता अधिकारीको रहेको छ ।

गितको संगीत तथा रचना स्वयम राइ र एरेन्जर मनोज थापा मगरले गरेका छ्न । गितको भिडियोमा सागर खनाल र प्रियंका चौधरीको अभिनय पनि देख्न सकिन्छ ।

स्काई इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको उक्त गित अब्बल सिर्जना बन्न सक्नेमा दुई मत छैन ।

राई सल्यानको शारदा नगरपालिका खलंगामा जन्मिएका एक अब्बल क्षमता भएका कलाकार हुन । बिगत लामो समय देखि यो क्षेत्रमा लागेका राइले नेपालि पप र आधुनिक गित संगीतको क्षेत्रमा योगदान पुर्याउदै आएका छ्न ।

उनको यो गितलाई लब रोमान्टिकतामा ढालिएको छ । जसमा प्रेमलाई गितको धुनसङ्ग तुलना गरेर सफल प्रेमलाइ प्रस्तुत गर्न खोजिएको छ ।

भिडियो हेर्नुहोस।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज