दार्माको मलिक्चामा खानेपानीको समस्या समाधान : रेडक्रस सल्यानले बनाईदियो घरघरमा धारा
प्रकाश शर्मा / फागुन २३, सल्यान । सल्यानको दार्मा गाउँपालिका वडा नं ६ मलिक्चामा खानेपानीको समस्या समाधान भएको छ । नेपाल रेडक्रस सोसाइटी सल्यानको एकीकृत सामुदायिक उत्थानशिल परियोजना अन्तरगत रू. २१ लाख २३ हजार ५२० आर्थिक सहयोग तथा स्थानीयको रू. ६ लाख १८ हजार ६७५ बराबरको जनश्रमदानमा लिफ्ट सिस्टम द्वारा गाउँमा पानी आएपछि बर्षौंदेखिको खानेपानी समस्या समाधान भएको हो ।
पहिले १ किलाे मिटर तलबाट पानी बाेक्नु पर्ने ठाउँमा अहिले घरमै धारा अायपछि उपभोक्ता मा खुसि छायकाे छ । उक्त “पधेरीखोला मलिक्चा लिफ्ट खानेपानी आयोजना” को पानी गाउँमा आएपछि अहिले त्यहाँ घरघरमा धारा जडान गरिएको छ ।
आयोजना बाट ७७ घरधुरिलाई एक घर एक धारा सहित एउटा अारभुत स्वास्थ चाैकि , र एउटा अाधारभुत बिध्यालय समेत गरेर १ हजार जनता ले लाभ लिने बताइएको छ । घरघरमा धारा जडान भएपछि स्थानीयहरू खुसी भएका छन ।
काम सम्पन्न भएपश्चात शनिबार एक कार्यक्रमका बीच आयोजना उद्घाटन गरिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसिको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष टिका शर्मा, रेडक्रस शाखा सल्यानका सभापति याैवन प्रकाश श्रेष्ठ लगायतको आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको रेडक्रस उपशाखा दार्माका सचिब प्रकाश शर्माले संचालन गर्नुभएको थियो भने अध्यक्षता सभापति अन्नत प्रसाद शर्माले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्