September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
गाउँसभा चलिरहेको बेला ठानागाउँका युवाहरुले किन बुझाए दार्मा सरकारलाई ध्यानाकर्षण पत्र ?

गाउँसभा चलिरहेको बेला ठानागाउँका युवाहरुले किन बुझाए दार्मा सरकारलाई ध्यानाकर्षण पत्र ?

संघ र प्रदेश सरकारले आ–आफ्नो निति,कार्यक्रम तथा बजेट सार्वनिक गरे पश्चात असार १० गते भित्र आ–आफ्नो गाउँपालिका र नगरपालिकाको निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्न यतिवेला देशभरका स्थानिय सरकारहरु जोडतोडले लागी परेका छन ।

यसैविच ‘रोकौं महामारी , उठौं पुर्वाधार ! बढौं उत्पादन, बनौं स्वरोजगार !’ भन्ने मुल नारा सहित सल्यानको दार्मा गाउँपालिकाले पनि असार ८ गते गाउँसभा बाट आर्थिक वर्ष २०७७-०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमवार अध्यक्ष निमबहादुर केसी द्वारा गाउँसभामा प्रस्तुत निति तथा कार्यक्रममा स्थानिय सरकार स्थापना भएको पहिलो वर्षलाई आधार तथा अनुभव आर्जनको वर्ष, दोस्रोलाई पुर्वाधार विकास र तेस्रो वर्षलाई पुर्वाधार विकासमा तिव्रता सँगै कोरोना महामारी विरुद्ध जुध्ने वर्षको रुपमा ब्याख्या गरीएको छ भने हालसम्म विकास निर्माणका काममा प्राप्त भएका उपलव्धि र कोरोना महामारी रोकथामको लागी गरिएका प्रयासहरुको बारेमा चर्चा गरिएको छ ।

कार्यक्रममा यस आर्थिक वर्षबाट पालिका क्षेत्रको स्वास्थ्य सवलीकरणमा जोड दिने, पालिका स्तरिय अस्पताल संञ्चालणमा ल्याउने , सडक निर्माण तथा स्तरोन्नती गर्दा ४०% प्रत्यक्ष रोजगारीलाई बढवा दिने, कृषिमा चक्लावन्दी गर्दै सामुहिक र सहकारी खेतिमा जोड दिने, पालिकालाई दुग्ध पकेट क्षेत्रमा विकास गर्दै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने तथा खेलकुद प्रवद्र्धन गर्न कवड हल निर्माण गर्ने लगायतका कार्यक्रमलाई प्राथामिकता दिईने बारे चर्चा गरिएको छ ।

यसैविच गाउँसभा चलिरहेको समयमा नै वडा नं. २ काँरागाउँ र ठानागाउँका युवाहरुले वडाध्यक्ष्य मार्फत विभिन्न १० वटा मागहरु राख्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र वुझाएका छन ।

युवा समुहका संयोजक प्रेम केसीले हस्तान्क्षर गरेको ध्यानाकर्षण पत्रमा उनिहरुले स्थानिय सरकार गठन भएको तिन वर्ष पुरा भैसक्दा पनि अहिलेसम्म गाउँपालिका वाट आफ्नो टोलमा कुनै पनि विकासका कार्यक्रमहरुमा बजेट विनियोजन नभएकाले आ.व. २०७७-७८ मा विभिन्न योजनाहरुमा वजेट विनियोजन गर्न माग गरेका छन ।

साथैै वजेट विनियोजन नगरे २०७० सालमा जनस्तर बाट रकम संकलण गरेर निर्माण गरेको दार्माकोट ठानागाउँ नुवाकोट सडकखण्डमा जनप्रतिनिधिहरु लाई प्रवेश निषेध गर्ने चेतावनी पनि दिएका छन ।

गाउँपालिकाले असार ८ गते निति कार्यक्रम सार्वजनिक  गरे पश्चात असार १० गते आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्ने वताइएको छ ।

यस्तो छ, युवाहरुको ध्यानाकर्षन पत्रः