March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
दाइजो थोरै ल्याएको रिसमा श्रीमतीको हत्या

दाइजो थोरै ल्याएको रिसमा श्रीमतीको हत्या

रूपन्देही। अर्घाखाँचीको मालारानीमा दाइजो कम ल्याएको विषयमा एक युवकले श्रीमतीको हत्या गरेका छन।

 

मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षीय सरु भट्टराई भुसालको हत्या गरेका हुन्।

दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी विवाह गरेका कमलले विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको स्थानीय बुद्विराम खत्रीले बताए।

दाइजोको विषयमा पटक पटक श्रीमानले पीडा दिएको कुरा सरूले बताएकी थिइन्, हत्याको मूल कारण यहीँबाट हुनुपर्छ, अनुसन्धानमा खुल्ला, विवाहको केही समयपछि नै विवाद सुरू भएको थियो,’ उनले भने ।

सरू र कमलको एक वर्षको छोरा छन्।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गरेका कमललाई पक्राउ गरिसकेको छ ।

शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जंगलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए। यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेर आएको र केही समयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज