June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
सल्यान प्रहरीको सफलता : पत्ता लगायो, काभ्राकी कविता बोहोराको ह’त्यारा

सल्यान प्रहरीको सफलता : पत्ता लगायो, काभ्राकी कविता बोहोराको ह’त्यारा

चैत ०३, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले गत बर्ष धारिलो ह’तियार प्रहार गरि ह’त्या गरिएकी सल्यान जिल्ला त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी कविता बोहराको ह’त्यारा पत्ता लगाएको छ । गत वर्ष (२०७६ फागुन ०२ गते भ्यालेन्टाइन दिवसको राति अन्दाजी १२ – १ बजेको समयमा घर नजिकैको गोठ छेउको भकारोको डिलमा धा’रिलो हति’यारले टाउकोमा प्रहार गरी घाटी रेटी ह’त्या भएको करिव एक वर्ष बढि समय पछि उनको ह’त्यारा पत्ता लगाएको हो ।

ह’त्या गर्नेमा कबिताको दिदीको छोरा नाता पर्ने तत्कालिन १६ बर्षे एक स्थानीय केटा प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापा क्षेत्रीले बताउनु भयो । अभियुक्तले कवितालाई एकतर्फी प्रेम गरी पटक – पटक प्रेम प्रस्ताव गर्दा कबिताले कुनै चासो नदेखाएको र भ्यालेन्टाइन दिवसको दिनमा प्रस्ताव गर्दा पनि अस्वीकार गरेपछि ‘’कविता आफ्नो नभएपछी कसैको हुन दिन्न’’ भन्ने सोचले उनको ह’त्या गरेको अभियुक्तले स्वीकार गरेको उहाँले बताउनु भयो ।

 

कबिता अर्कै एक युवकसँग प्रेम सम्बन्धमा रहेकी तर उक्त केटाले कबितालाई आफुतिर आकर्षित गर्न विभिन्न प्रयास गरेपनि कबिताले सो तर्फ कुनै मतलब नगरी अर्कै युवकसँग निरन्तर प्रेममा परेपछी २०७६ साल फागुन २ गते राति १२ देखि १ बजेको बीचमा कबिता गोठ नजिकको भकारोको डिलमा मोबाइलमा फोन गर्दै गरेको अवस्थामा निज आई पहिले टाउकोमा खुकुरीले प्रहार गरि डिलबाट लडेको अवस्थामा घाँटीमा २ चोटी प्रहार गरेर कबिताको ह’त्या गरेको खुलेको प्रहरीले बताएको छ ।

एउटै स्कुलमा माथिल्लो कक्षामा अध्ययन गर्ने भएकाले ह’त्याराले करिब २ बर्षदेखि फलो गर्ने गरेको, सँगै स्कूल जाने, प्रेम पत्र लेखेर ब्यागमा हालिदिएको तर रिप्लाई नगरेकी, मोबाईलमा फोटो जोडेर वाल पेपर बनाउने जस्ता हर्कत गरेको पनि अनुसन्धानको क्रममा खुलेको बताईएको छ ।

ह’त्याराले कवितालाई केही वर्ष अघि विहेको लागी प्रस्ताव गरेको भनेर कविताले आमा सँग भनेको पनि कविताका वुवा खड्क बहादुर बोहराले बताउनु भयो । घटना घटाउने वेला ह’त्यारा १६ वर्षको नावालक भएकोले नाम, ठेगाना गोप्य राखिएको र जिल्ला अदालत सल्यानको चैत १ गतेको धुनछेक बहस पछि उनलाई पूर्पक्षको लागी नेपालगन्ज सुधार गृहमा राखिएको प्रहरीले बताएको छ ।

एक वर्षको समयमा करिव २ दर्जन बढी शंकास्पद व्यक्तिहरुलाई अनुसन्धान गरी वास्तविक हत्यारा सम्म पुग्न सफल भएको  प्रहरीको भनाइ छ ।

सफल अनुसन्धान गर्ने प्रहरी निरीक्षक सम्मानित

त्यस्तै उक्त घटनाको सफल अनुसन्धान गरेर हत्यारा पत्ता लगाउने प्रहरी निरीक्षक लक्ष्मन वलीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पुरस्कृत गरेको छ । मंगलबार कविता हत्या घटनाको निचोड सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले वलीलाई प्रसंसा पत्र सहित संमान गर्नु भएको हो । वलीले उक्त घटना अनुसन्धानको नेतृत्व गर्नु भएको थियो ।

सम्मान ग्रहण गर्दै लक्ष्मण वली ( दायाँ तर्फ )