सल्यानमा खेल्नेक्रममा विवाद हुदा भाईले जुत्ता सिलाउने सुईयोले कन्चटमा हान्दा दाईको मृत्यु
दुर्गा विसी – साउन ०५, सल्यान । सल्यानमा जुत्ता सिलाउने बनाएको झिर (खापसिईयो) प्रहार बाट एक जनाको ज्यान गएको छ ।
गएराति ८ बजेतिर जिल्लाको बनगाड कुपिन्डे नगरपालिका ५ खैरागारका नरेश परियारका १३ बर्षिय छोरा सन्दिप परियारलाई सोही निवासी बर्ष १२ का अर्को बालकले झिर प्रहार गर्दा सन्दिप घाईते भएको र उपचारको क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा उनको आज विहान मृत्यु भएको बताईएको छ ।
दुई बालकहरु बिच खेल्ने क्रममा भएको सामान्य विवादमा हानाहान हुदा अर्को बालकले सन्दिपलाई झिर प्रहार गरेको र मृत्यु भईसकेपछि बिहान प्रहरीलाई जानकारी आएकोले अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरी घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए ।
उनले प्रहार गरेको झिर वल्लोपट्टी बाट पल्लोपट्टी छिरेको थियो । झगडा गर्ने एउटै घरका दुईभाइका छोराहरु रहेका हुन । मृतक सन्दिप र झिर प्रहार गर्ने अर्को बालक कक्षा ६ मा अध्यानरत रहेका थिए ।
घरकै दुईभाइका छोरा घरमै आपसि झगडा हुदा संन्दिपको अकालमै ज्यान गएको हो ।
प्रतिकृया दिनुहोस्