August 24, 2026, Monday
२०८३ भाद्र ९, मंगलवार
सल्यानमा धारिलो हतियार प्रहार गरेर श्रीमान द्वारा श्रीमतीको हत्या

सल्यानमा धारिलो हतियार प्रहार गरेर श्रीमान द्वारा श्रीमतीको हत्या

कात्तिक ३ सल्यान । सल्यानमा धारिलो हतियार (बसुलो) प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

कुमाख गाउँपालिका‐५ तिमिलेका ४७ वर्षिय कबिराम खड्काले ४२ वर्षिय श्रीमती कली खडकाको धारिलो हतियार ९बसुलो० प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

अत्यधिक मदिरा सेवन गरेका खड्काले मङगलबार राति करिब ११स्१५ बजेतिर घरायसी विवाद हुँदा बसुलाले टाउको र घाटीमा प्रहार गरेर हत्या गरेका थिए।

घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय रागेचौरमा खबर गरेपछि प्रहरी नायब निरीक्षक ऋृषिराम दाहालको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर अभियुक्त कबिरामलाई नियन्त्रणमा लिएको हो। घटनास्थलमा प्रहरी पुग्दा श्रीमती कलीको मृत्यु भइसकेको प्रहरीले बताएको छ।

थप अनुसन्धानका लागि सुचना अधिकारी पौडेलको नेतृत्वमा घटनास्थल ५ सदस्यीय टोली पुगेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिने तयारी भएको छ। अभियुक्त नियन्त्रणमा छन। थप अनुसन्धान भइरहेको छ।