September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
दाङमा अचार पिस्ने लोहोरो प्रहार गरि श्रीमतिद्वारा श्रीमानको हत्या

दाङमा अचार पिस्ने लोहोरो प्रहार गरि श्रीमतिद्वारा श्रीमानको हत्या

जेठ २३, घाेराही।

दाङमा एक महिलाले आफ्नै पतिकाे हत्या गरेकी छिन।

घोराही उपमहानगरपालिका १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पङ्कज गुप्ताको अचार पिस्ने लोहोरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

साेमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। रासस