चमत्कारको शृङ्खला भित्र एमसीसी : संकटमा गणतन्त्र
• शेरबहादुर डाँगी
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेपालको सबै भन्दा ठुलो तक्दीर भएका व्यक्ती हुन । विडम्बना के छ भने यिनी राजाको व्यवस्थामा प्रधानमन्त्री हुदा राजसंस्था नै समाप्त भयो । अहिले यिनी गणतान्त्रीक व्यवस्थामा प्रधानमन्त्री छन र गणतन्त्र नै संकटमा छ । तर, यिनको राजनिती कहिले संकटमा पुगेन।
राणा शासनको समाप्त पछी राणाहरु कहिले सत्तामा पुगेनन्, पन्चायत गएपछी मरिचमान राजनितिमा उदाएनन तर राजसंस्थाको बेलाको राजा ज्ञानेन्द्रको प्रधानमन्त्री पद उपहार पाएका र दरवारियाले अन्यन्त रुचाएका शेर बहादुर गणतन्त्रमा यसरी चम्किन्छन भन्ने साएद कसैको दिमागमा थिएन होला तर चम्किए ।
नेपालका भ्रष्टाचार काण्डमा यिनिको नाम आएना भने त्यो भ्रष्टाचार अधुरो हुन्छ । बतास- सतास त कती जन्मे कति…..। अझै यिनलाई अधिवेशन सुनपानी छर्केर अझै धेरै काण्ड गरिबक्सियोस भनेर अत्यधीक कार्यकर्ताले आजिबन पदासिन गरिदिए । अब यिनिको बारेमा केहि बोल्दा पनि ति कार्यकर्ताको मन दुख्ने हुँदा धेरै बोल्न पनि गाह्रो पारेर अर्को चमत्कार गरिदिए । स्वाबास ! छोरा जन्मिनु त यस्तो।
यिनी सङ्ग सबै चीज छ । पैसा छ, पावर छ, लाखौ कार्यकर्ता त्यतिले मात्र नपुगेर पटक पटक शक्तिमा पुग्ने भाग्य छ । राम्रो राम्रो भविष्यवानी गरिदिने ज्योतिष छन । यस्तो मान्छेको बारेमा आवाज उठाउनु त्यती बुद्दिमानी होइन, त्यो सर्बबिदितै छ l अब नेपालको रक्षाको लागी बोलौं यिनिको विरोधमा आवाज बन्छ । यिनिको जयजयकार गरौं देश, जननी प्रती गद्दारी हुन्छ । त्यसैले मुटु माथी ढुङ्गा राखेर देश र जननी तिर म फर्किए।
अहिले देश दुइ धारमा कित्तावन्दी भएको छ । प्रत्येक गल्लीमा जनता विवाद गरीरहेकाछन । जनताको सर्वोच्च निकाय अनिश्चितकालीन बन्दमा छ l जनजिबिकाको साधारण सवाल पनि बन्द भयो । देशको प्रमुख पात्र पनि विवादीत हुनु भनेको देश पुन: अराजकतामा फस्नु हो । तर देश फसीरहेछ, हामी पनि अराजकतामा फसिरहेका छौ ।
नेपाल बिना उपलब्धिको भिखारी देशको परिचय दिदै छ l कहिले अमेरिकाले भिखको लागी दबाब दिन्छ, कहिले चीनले अमेरिकाको भिख रोक्न अर्को भिक( BRI) को गुलियो देखाउछ । उता भारत आफुले इतिहास देखी ठुलो भिख नेपाललाई दिएकोमा कालापानी, सुस्ता लिपुलेक सबै कब्जा गरिसक्यो यो भिखको ग्रहन गर्न अहिले नेपालका महान नेताको दौड चलेकै छ ।
यो हो नयाँ नेपाल….। वैदेशिक ऋण प्रतीब्यक्ती ५६ हजार…। देश निर्माण गर्ने ८० लाख कर्मठ हातहरु खाडीको गर्मिमा गलिरहेछन l यो हो अर्को महाचमत्कार….। वा क्या गजब । एउटा पदमा सरकारी नोकरी खुल्छ डेड लाखको आबेदन कस्तो व्यवस्थीत रोजगार….। ईन्द्रको स्वर्ग भन्दा कम छैन ।
यि चमत्कारले पुगेन भनेर हाम्रा महाचमत्कारी प्रधानमन्त्री शेर बहादुर, ति शेर सवार रथका सारथी प्रचण्ड, माधव नेपाल त्यो रथबाट हुत्याइएर आक्रोसित केपि शर्मा (बा ) अहिले सबै मिलेर अर्को महाचमत्कार गर्दै छन अमेरिकाको इन्डो प्यासिफीक सैन्य राणानिति (MCC ) मा हस्तक्षर गरेर ।
सामान्य कुरा एक छिमेकिले आफ्नो घरको एलेक्ट्रोनिक म्युजिक सामान बजाउदा अर्को छिमेकिलाई असर पुगेमा अपराध हुन्छ भने चीन बिरुद्द सैन्य गतीविधी गर्न देशलाई ५६ अरबमा बेच्ने यि नेताहरु अब सुध्रीने देखिदैन । एउटा अन्धकार देखिदै छ । यो अन्धकार पहिला व्यवस्था र त्यसपछी देशमा….। तसर्थ अहिले जती सकिन्छ यो अमेरिकि प्रोजेक्ट बहिष्कार गरौं ।
प्रतिकृया दिनुहोस्