November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार
नेकपा (एमाले) सल्यानको जिल्ला कमिटीमा ९ जना मनोनीत, ९९ सदस्यीय बन्यो- जिल्ला कमिटी

नेकपा (एमाले) सल्यानको जिल्ला कमिटीमा ९ जना मनोनीत, ९९ सदस्यीय बन्यो- जिल्ला कमिटी

पौष २५, सल्यान । नेकपा (एमाले) सल्यानको जिल्ला कमिटी सदस्यमा थप ९ जना सदस्य मनोनीत भएका छन । पार्टीको नवौं जिल्ला अधिबेशन पछि आइतबार बसेको जिल्ला कमिटीको प्रथम बैठकले जिल्ला कमिटीमा थप ९ जना सदस्य मनोनीत गरेको हो ।

अधिबेशन बाट निर्वाचित जिल्ला कमिटी सदस्य संख्याको १० प्रतिशत जिल्ला कमिटीको बैठकले मनोनीत गर्न सक्ने विधानको व्यवस्था अनुरुप थप ९ जना सदस्य मनोनीत गरिएको पार्टी सचिब ओझबहादुर बुढाथोकीलेले बताए ।

शनिबार सम्पन्न पार्टीको ९ औं जिल्ला अधिबेशनले ९० सदस्यिय जिल्ला कमिटी पारित गरेको थियो । जसमा ८३ जना अधिबेशन हलबाट निर्वाचित भएका थिए भने थप ७ जना सदस्य जिल्ला कमिटीको बैठकले मनोनीत गरेर ९० पुर्याइएको र सोही ९० सदस्यीय कमिटीको १० प्रतिशत मनोनीत गर्दा ९९ सदस्यीय जिल्ला कमिटी बनेको प्रथम बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेताहरूले बताए । ९९ सदस्यीय जिल्ला कमिटीमा ३३ प्रतिशत महिला समावेश गरिएको बताइएको छ ।

पार्टीका नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष गोविन्द पुनको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्युरो सदस्य गुलाबजंग शाह, सल्यान जिल्ला कमिटी उपाध्यक्ष भिमबहादुर सेन, उपसचिव दानबहादुर केसी र पुष्पा कुमारी बोहरा लगायत जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको संचालन पार्टी सचीव ओज बहादुर बुढाथोकीले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज