September 25, 2026, Friday
२०८३ आश्विन १०, शनिबार
कपुरकोट २ मा एमालेको टोल कमिटी गठन, अध्यक्षमा सुनार चयन

कपुरकोट २ मा एमालेको टोल कमिटी गठन, अध्यक्षमा सुनार चयन

सल्यान, १२ पौष । सल्यानको कपुरकोट २ दानवाङमा सोमबार नेकपा एमालेको टोल कमिटी निर्माण भएको छ । चित्र बहादुर सुनार अध्यक्ष रहेको २९ सदस्यीय कमिटी निर्माण गरिएको एमाले कपुरकोट गाउँपालिका कमिटिका उप सचिव इश्वर बुढाले जानकारी दिए । जसको उपाध्यक्षमा धन कुमारी घर्ती, सचिवमा बिष्णु प्रसाद पुन, उप सचिवमा राधिका घर्ती र तारा कुमारी बुढा रहेका छन ।

एमाले कपुरकोट २ का वडा कमिटी अध्यक्ष नवराज बुढाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एमाले कर्णाली प्रदेश सदस्य एवम सल्यान जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेनले गाउँ वस्तिको विकास र समाज रुपान्तरणका लागि नेकपा एमाले अपरिहार्य रहेको बताए । कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहेका सेनले जनप्रीय पार्टी एमालेलाइ अझै मजबुत बनाउन सबै एमालेमा गोलबन्द हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य ओम बहादुर बुढा, कपुरकोट गाउँपालिका कमिटी अध्यक्ष द्रोण केसी, सचिव रुपक बुढा, युवा संघ जिल्ला कमिटी सदस्यहरु पन्चविर बुढा, निर्माण राना लगायतले मन्तब्य राख्दै एमालेको जनप्रीय कामलाइ ओझेलमा पार्न र एमालेको शक्तिलाई कमजोर पार्न केही तत्वहरु मरिमेटेर लागे पनि उनिहरुको दुष्प्रयास सार्थक नहुने दाबी गरेका थिए ।

कपुरकोट गाउँपालिका कमिटिका उप सचिव इश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शुक बहादुर बिकले गरेका थिए ।