April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
सल्यान कपुरकोटका २ टोलमा नेकपा (एमाले)का टोल कमिटी गठन

सल्यान कपुरकोटका २ टोलमा नेकपा (एमाले)का टोल कमिटी गठन

पौष १०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नं २ को ढनठाना र सिमलकुना टोलमा नेकपा (एमाले)का टोल कमिटी गठन भएको छ ।

शनिबार ढनठानामा रेशम घर्तिको अध्यक्षतामा चन्द्र बहादुर बोहोरा उपाध्यक्ष, पुर्ण बहादुर घर्ती सचिव तथा दुर्गा खत्री र लालसरी डाङ्गी उपसचिव रहेको २१ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।

त्यस्तै कृम बहादुर घर्तीको अध्यक्षतामा सिमलकुना टोलमा वीर बहादुर शिरीष उपाध्यक्ष, मन कुमारी थापा सचिव एवं तुल्सी शिरीष र ठकराम शिरीष उपसचिव भएको २६ सदस्यीय टोल कमिटी गठन भएको हो।

टोल कमिटी गठन कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा कपुरकोट गाउपालिका सहसंयोजक ओम बहादुर बुढा र कपुरकोट गाउँपालिका कमिटीका उपसचिव इस्वर बुढाको सहभागिता रहेको पार्टीका गाउँ कमिटी सचीव रुपक बुढाले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज