नेकपा (एमाले) सल्यानको बैठक सम्पन्न : जिल्ला अधिबेशनको लागि ६ वटा उपसमिति गठन
पौष १०, सल्यान । नेकपा नेकपा (एमाले) जिल्ला कमिटी सल्यानको बैठक सम्पन्न भएको छ । शुक्रबार जिल्ला पार्टी कार्यालय सल्यान खलंगामा बैठक सम्पन्न भएको हो ।
बैठकले पौष २३ गते हुने पार्टीको जिल्ला अधिबेशन प्रतिनिधिमुल ढंगले सम्पन्न गर्ने निर्णय गरेको छ । प्रत्येक पालिका बाट १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि आउन मिल्ने र त्यसैमा ३३ प्रतिशत महिला सहभागी बनाउनुपर्ने बैठकले निर्णय गरेको छ ।
प्रतिनिधि चयनमा दलित र जनजातिको सन्दर्भमा सम्बन्धित पालिकाले निर्णय गर्ने र विभिन्न क्षेत्रमा छुटेका महत्त्वपूर्ण ब्यक्तिहरु मध्ये गाउँपालीका बाट ५, नगरपालिका बाट ७ र जिल्ला कार्यालय बाट २० जना थप मनाेनित गर्ने र सबै पालिकाले पौष १४ गतेभित्र प्रतिनिधि छनौट गरिसक्नुपर्ने र प्रतिनिधिको २ प्रती फोटो सहित १७ गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाइसक्नुपर्ने बैठकले निर्णय गरेको छ ।
६ वटा उपसमिति गठन
त्यस्तै अधिबेशनको तयारीको लागि बैठकले विभिन्न ६ वटा उपसमिति गठन गरेको छ । जसअन्तरग गोबिन्द पुनको संयोजकत्वमा प्रतिनिधि ब्यबस्थापन र प्रतिबेदन लेखन उपसमिति, दिपेन्द्र प्रकाश डिसीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, मनोज सिंहको संयोजकत्वमा खाद्य तथा आवास ब्यबस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै दान बहादुर केसीको संयोजकत्वमा स्वयंसेवक ब्यबस्थापन उपसमिति संयाेजक, भिम बहादुर सेनको संयोजकत्वमा आर्थिक ब्यबस्थापन उपसमिति र जितबहादुर चलाउनेको संयोजकत्वमा मंच ब्यबस्थापन तथा अतिथि सत्कार उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमिति संयाेजक दिपेन्द्र प्रकाश डिसीले बताए ।
अधिबेशनमा प्रतिनिधि शुल्क रू. ५०० र आयोजक शुल्क रू. १५०० निर्धारण गरिएको छ ।
प्रतिकृया दिनुहोस्