September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यानमा नेकपाको एक महिने एकिकृत जनभेटघाट अभियान सुरु

सल्यानमा नेकपाको एक महिने एकिकृत जनभेटघाट अभियान सुरु

मंसिर १६, सल्यान । सल्यानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक महिने एकीकृत जनभेट अभियान सुरु भएको छ । अभियान अन्तर्गत बिहिबार कुमाख बनगाड कमाण्डले दार्मा र कुमाख गाउँपालिकाको सिमाना मौलाहाल्ने बजारमा उदघाट गरिएको छ ।

उद्घाटनका क्रममा आफ्नो मन्तब्य राख्दै बनगाड कुमाख कमाण्ड इन्चार्ज गणेश क्षेत्रीले अहिलेको दलाल संसदिय पुजीवादी ब्यबस्थाको विकल्पमा जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद स्थापनाको लागि पार्टीले संघर्ष गर्ने र संसदिय आवधिक चुनाव भन्दा पनि ब्यबस्था बदल्ने चुनाव पार्टीले अङ्गालेको बताए ।

त्यस्तै जिल्ला कमिटी सदस्य भिम रावतले पनि यो सत्ता जनताको हितमा नभएको बताउदै अहिलेका जनप्रतिनिधिहरु जनतालाइ लुट्ने शोषण गर्ने दलाल भएको बताउदै बैज्ञानिक समाजवादको एजेन्डा बोकेको पार्टीले उठाएको जनमत संग्रहमा लाग्नुपर्ने बताए ।

सन्जुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुस्कर सुनारले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज