रुकुम पश्चिममा विप्लव नेकपा द्वारा खुल्ला ब्याटमिन्टन प्रतियोगिता उद्घाटन
मंसिर ८, रुकुम पश्चिम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले पार्टीको ८ औं पुनर्गठन दिवसको अवसरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेको छ।
बुधबार पार्टी जिल्ला समितिका सचिवालय सदस्य मोतीराम खड्काको अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा जिल्ला समिति सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढा, कराते संघका अध्यक्ष चुडामणि पुन , तेक्वान्दो संघका अध्यक्ष भद्र खड्का लगायतको आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य समेत रहेका पार्टी जिल्ला समिति सचिवालय सदस्य तथा कार्यालय सचिव प्रेम प्रशान्त बोहराले गरेका थिए ।
नेकपाले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा कुल ३१ टिमले प्रतिस्पर्धा गर्नेछन भने प्रतिस्पर्धामा विजेता , उपविजेता र सान्त्वना हुने २ टिमले क्रमश १२हजार , ८ हजार , ३/३ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा गरेका थिए । उद्घाटनमा मन्तव्य राख्दै बुढाले पार्टी पुनर्गठन दिवसको ८ औं बार्षिकीको शुभकामना व्यक्त गरे ।
पार्टी पुनर्गठन औचित्य पछिल्ला विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिएको क्रान्तिकारी र जनपक्षीय नितिले पुष्टि हुँदै गइरहेको भन्दै सेक्रेटरी बुढाले निकट भविष्यमै नेपाली जनताको बर्षौंदेखिको माग , इच्छा र चाहाना अनुरुपको वैज्ञानिक समाजवादी व्यवस्था रातो झण्डा फर्फराउँदै नेपालमा उदाउने र त्यसको निम्ति सम्पुर्ण जनसमुदाय एकीकृत जनक्रान्तिको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम र प्रगतिशील संयुक्त सरकार – जनमतसंग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिको पक्षमा गोलबन्द हुन आह्वान गरे ।
त्यस्तै सम्पुर्ण खेल क्षेत्र र खेलाडीहरुको संरक्षण, संवर्द्वन, प्रवर्द्धन र व्यवस्थित र पुर्ण लगानी वैज्ञानिक समाजवादी राज्य सत्ताले मात्रै गर्ने भएकोले खेलाडी र खेलप्रेमीहरु पनि बैज्ञानिक समाजवादको निम्ति संघर्ष गर्नुपर्ने उनले बताए ।
प्रतिकृया दिनुहोस्