October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
कांग्रेस अधिबेशन : सल्यान प्रदेश सभा (क)मा ५०० मत गणना हुदा सुरेश चन्दको अग्रता

कांग्रेस अधिबेशन : सल्यान प्रदेश सभा (क)मा ५०० मत गणना हुदा सुरेश चन्दको अग्रता

मंसिर ०४, सल्यान । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि शुक्रबार सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा भएको निर्वाचनको ५०० सय मत गणना हुदा सभापतिमा सुरेश चन्दले १ मतले अग्रता लिएका छन ।

कुल खसेको ६२४ मतमध्ये ५०० मत गनणा हुदा सुरेश चन्दले २४७ मत पाएका छन भने अर्का उम्मेदवार गोरख बहादुर खत्रीले २४६ मत पाएका छन ।

त्यस्तै उपसभापतिमा जिवराम बोहरा र यज्ञ बहादुर खड्काले अग्रता लिएका छन भने सचिवमा चमन बुढाथोकी र प्रेमनारायण बिकले अग्रता कायम गरेका छन त्यस्तै सहसचिवमा लोकराज शाही र धनराज केसीको अग्रता रहेको छ ।

१) सभापति
गाेरख बहादुर खत्री: २४६
सुरेस चन्द:२४७

२) उपसभापति
जीवराज बाेहाेरा:२२७
भुपाल शाहु:२०७
मान बहादुर वली:२३२
यज्ञ बहादुर खड्का:२४४

४) सचिब
चमन बुढाथोकी:२५५
धनेष बुढाथोकी:१८६
प्रेम नारायण बि.क:२५२
रुपलाल भण्डारी :२०५

६) सहसचिव
धनराज के.सी:२२२
तेज बहादुर रावत:२१९
लाेक बहादुर शाही:२४७
लाल बहादुर बस्नेत:१९९

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज